वीरगंज। सरकारले बङ्गलादेश सरकारसँग मल किन्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशसँग मल खरिद् प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो ।
यसअघि सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन मल पैंचोमा ल्याउने र पछि नेपाल सरकारले फिर्ता गर्नेगरी कुराकानी अघि बढाएको थियो ।
तर पछि बङ्गलादेश सरकार पैंचोबाट पछि हटेर किन्नुपर्ने बताएपछि मल ल्याउने प्रक्रिया अवरूद्ध बनेको थियो ।