वीरगंज। उत्तर प्रदेशको बलियामा शुक्रवार एक युवकले छेडखानीको बिरोध गर्ने एक ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई जीवित जलाएका छन् ।
उनको ७५ प्रतिशत शरीर जलेको बताइएको छ । उनी अहिले वाराणासीको बीएचयूमा भर्ना भएकी छन् ।
उनको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । पुलिसले मुख्य आरोपीलाई पक्राउ गरेको छ ।उनीविरुद्ध केस दर्ता गरेर कारवाही थालिएको बताइएको छ ।