वीरगंज | सरकारले बंगलादेशबाट जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बंगलादेशबाट यसअघि पैँचोमा मल ल्याउने कुरा भएपनि बंगलादेशले मल दिन अकानाकानी गरेको भन्दै जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने निर्णय सरकारले गरेको हो ।