नयाँ दिल्ली । भारतको जम्मु-कस्मिरको लाइन अफ कन्ट्रोल(एलओसी)मा भारतीय सैनिकका अधिकृतसहित चार जना मारिएका छन् ।
आइतबार कुपवारा जिल्लामा भएको आतंवादीविरूद्धको अपरेशनमा गोलीबारी हुँदा चार जना सैनिक मारिएका हुन्। त्यस्तै तीन आतंकवादी (चरमपन्थी)समेत मारिएको बिबिसी हिन्दीले जनाएको छ।
गोलीबारी आइतबार बिहान १ बजे सुरू भएको थियो। पेट्रोलिङमा खटिएका बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ)का सैनिकहरूले एलओसीमा चहलपहल भएको चाल पाए। बिएसएफले उनीहरू आतंकवादी भएको पत्ता लगाएपछि गोलीबारी सुरू भएको थियो।
त्यहीबेला तीन जना आतंकवादी मारिएका थिए भने बिएसएफका एक हवल्दारको समेत मृत्यु भएको थियो।