काठमाडौं । अहिले विश्वको ध्यान अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणनातर्फ केन्द्रित भएको छ । फ्रन्टलाइनमा देखिएका सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प र जो बाइडेन बाहेक अन्य पनि अेमरिकी राष्ट्रपति निर्वाचनमा उमेदवार रहेका छन् ।
अमेरिकी राष्ट्रपतिका लागि एक हजार २१६ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येकी एक हुन् जो जोर्गेनसन । लिब्रेटेरियन पार्टीकी उमेदवार जोर्गेनसनले १६ लख ८४ हजार नाै सय ९३ मत प्राप्त गरेकी छन् । उनी अमेरिकी राष्ट्रपति चुनावमा तेस्रो शक्तिशाली उम्मेदवार हुन् । उनले हरेक राज्यमा १-२ प्रतिशतको हाराहारीमा मत ल्याइरहेकी छन् ।
६३ वर्षीया जोर्गेनसेन २४ वर्षअघि सन् १९९६ मा अमेरिकी उपराष्ट्रपति पदकी उमेदवार भएकी थिइन् । उनी राष्ट्रपति उम्मेदवार चर्चित अमेरिकी लेखक ह्यारी ब्राउनको रनिङ मेट थिइन् ।
साउथ क्यारोलिनाको चौथो कंग्रेसियल डिस्ट्रिक्ट १९९२ मा उमेदवार बनेकी थिइन् । उनले त्यस सयमयमा चार हजार दुई सय ८६ अर्थात २.२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।
उनी अहिले पनि क्लेमसन विश्वविद्यालयकी वरिष्ठ प्राध्यापकसमेत हुन् । सन् १९५७ १ मेमा लिबर्टीभिला इलियोनिसमा जन्मिएकी हुन् । उनले साइकोलोजीमा स्नातक र बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर गरेकी हुन् भने इन्डस्ट्रियल र अर्गनाइजेसनल साइकोलोजीमा विद्यावारिधि गरेकी हुन् ।
अमेरिकी निर्वाचनमा चौथो नम्बरमा होवी होउकिन्स हुन् । उनले तीन लाख ३७ हजार मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरुले तीन लाख ६८ हजार मत प्राप्त गरेका छन् ।
फ्रन्टलाइनमा देखिएका मुख्य प्रतिस्पर्धी डेमोक्रेट जो बाइनले २५३ इलेक्टोरल कलेज मत ल्याएका छन् भने रिपब्लिकन डोनाल्ड ट्रम्पले २१४ इलेकटोरल मत प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन् ५३८ कुल इलेकटोरल कलेज मतमध्ये २७० इलेकटोरल मत ल्याउनुपर्ने हुन्छ ।