वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई आयोगले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग मागेको १० लाख घुससहित अख्तियारले जैसवाललाई नियन्त्रणमा लिएको हो ।जैसवाल सो आयोजनाका प्रमुख इन्जिनियर हुन् । उनी हेटौंडा उपमहानगरपालिका १० बाट पक्राउ परेका हुन् ।