• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कक्षा ११ को परीक्षा सञ्चालनका नाममा अतिरिक्त दस्तुर असुल्दै सर्लाहीका विद्यालय

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७७, बुधबार १०:२८
  • ६४०९

    सर्लाही । कोभिड-१९ का कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ। माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ को परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि पुनः शुरु हुँदैछ।

    उक्त परीक्षामा सामेल हुन विद्यार्थीले ५०० रुपैयाँ थप दस्तुर बुझाउनुपर्ने विद्यालयले नियम बनाएका हुन्। यसअघि गत वर्ष नै परीक्षा दस्तुरबापत प्रतिविद्यार्थी ६०० रुपैयाँ असुल गरिएको थियो।

    कोभिड-१९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीलाई दोहोरो दस्तुर लिनु गैरकानुनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाले माग गरेका छन्। पहिले नै परीक्षा दस्तुर लिइएकामा फेरि ५०० रुपैयाँ थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनरावलोकन गर्न अनेरास्ववियुका सर्लाही संयोजक विवेक मैनालीले माग गरे। विद्यार्थीलाई दोहोरो मार पार्ने काम भए चुप लागेर नबस्ने मैनालीले चेतावनीसमेत दिए।

    राष्ट्रिय परीक्षा बोर्डले कोभिड-१९ का कारण परीक्षा सञ्चालन खर्च पठाउन नसकेपछि विद्यालयले विद्यार्थीसँग उठाउन लागेको बुझिएको उनको भनाइ छ। शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार जिल्लाका २० वटै स्थानीय निकायका शिक्षा शाखा प्रमुख, पेशागत संगठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकबीच कात्तिक २१ देखि कक्षा ११ को परीक्षा शुरु गर्ने सहमति भएको हो।

    राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार गत वर्ष लिइएको दस्तुर बापतको ६०० रुपैयाँमध्ये २०० प्रवेशपत्र, प्राविधिक व्यवस्थापन र अन्य खर्चका लागि उपयोग हुने र बाँकी ४०० रुपैयाँ कक्षा १२ को परीक्षामा मिलान गरिदिने सहमति भएको छ। बोर्डले यस्तो व्यवस्था गरेको सूचना नै प्रकाशित गरेको छ। बोर्डले सहमति जनाएको भए पनि ५०० रुपैयाँको सट्टा ४०० रुपैयाँ मात्रै लिइनुपर्ने मैनालीको तर्क छ। विद्यार्थीबाट करीब चार लाख रुपैयाँ असुल गरी हिनामिना गर्न नपाइने उनले बताए।

    परीक्षा बोर्डले अहिले बुझाएको ५०० रुपैयाँबाट नियमित तर्फका विद्यार्थीहरुको कक्षा १२ को परीक्षा आवेदन शुल्कमा मिलान गरिने र आंशिक तर्फका विद्यार्थीको ट्रान्स्क्रिप्ट, प्रोभिज्नल सर्टिफिकेट र माइग्रेसनमा लाग्ने एक हजार ४५० मध्येको शुल्कमा मिलान गरी एक हजार १०० मात्र शुल्क लाग्ने गरी साउन २३ मा शुल्क मिलान गरिएको बोर्डका काफ्लेले बताए।

    पहिले बोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देशन भएकाले सोहीअनुसार गरिएको फौजसिंह माविका शिक्षक केदार काफ्लेले बताए। इकाइ प्रमुख रामआधार कुशवाहले बोर्डले कोभिड-१९ का कारण रोकिएको कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्ने कार्यविधि बनाएको बताए। उनका अनुसार परीक्षामा जिल्लाका तीन वटा क्याम्पससहित ६७ वटा मावि रहेकामा अहिले कक्षा ११ को पठनपाठन चलेका ६१ वटा माविहरुमा परीक्षा सञ्चालन हुने र उक्त परीक्षामा पाँच हजार २६१ जना नियमिततर्फ र दुई हजार ६६२ जना आंशिक तर्फका गरी जम्मा सात हजार ९२३ परीक्षार्थीको सहभागिता रहने बोर्डले जनाएको छ। जिल्लामा ४८ सामुदायिक, १६ निजी र तीनवटा क्याम्पस रहेका छन्।

    जिल्लामा कक्षा ११ को परीक्षा सबै विद्यालयले एउटै मितिमा सञ्चालन गर्ने सहमति जुटेको छ। बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ बाट सञ्चालन गर्ने मिति तोकेको र त्योभन्दा अघि नै कक्षा ११ को परीक्षा सक्न कार्यविधिमा भनिएको कुशवाहले बताए। परीक्षाको मिति तयसँगै विद्यालयले त्यसको तयारी पनि थालिसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑