अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को प्रारम्भिक नतिजा अनुसार राष्ट्रपतिका दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा टक्कर देखिएको छ ।
हालसम्म अमेरिकाका ५० मध्ये १० प्रदेशका ८६ इलेक्ट्रोल सिटको नतिजा सार्वजनिक भएको छ । जसमा राष्ट्रपतिका उम्मेदवार जो बाइडनको पार्टी डेमोक्र्याटका ४४ उम्मेदवारले जितेका छन् भने डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारले ४२ सिटमा जितेका छन् ।
प्रारम्भिक परिणाम अनुसार कडा प्रतिस्पर्धाबीच बाइडन अघिअघि र ट्रम्प पछिपछि देखिएका छन् । अमेरिकी राष्ट्रपति हुन २७० सिटमा जित्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल मतगणना जारी रहेको छ ।