• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी जवान पुगे मध्यरातमा किशोरीको कोठामा, बलात्कारपछि हत्या प्रयास

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार १०:०३
  • २३८१

    वीरगन्ज । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन्  । तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ । 

    डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित  अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह किशोरी बलात्कारमा मुछिएका छन् । उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध कानूनबमोजिम मुद्धा चल्ने भएको छ । 

    प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्धा दर्ता भएको हो ।

     प्रहरी जवान सिंह यही कातिक १३ गते मध्यराति किशाेरी सुतेकै कोठामा पुगेका थिए  भने उनले ती किशोरीलाई बलात्कारपछि घिसार्दै लगेर रुखमा झुण्ड्याएर हत्याको प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् ।
     हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती किशाेरीको अकालमा ज्यान जान सक्ने खतरा थियो । 
    पीडित किशोरीका पिताले भने, “सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल)ले रुखमा झुण्डाएको अवस्थामा भेटेँ । हतारहतार गएर दोपट्टा काटेर बचायौँ ।”

    पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् किशोरीको होस आएपछि आज बल्ल बलात्कारको मुद्धा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ ।  

    किशाेरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, “किशाेरीको घाटीमा फाँसी लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्धा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मुद्धा चल्छ ।” 

    निज प्रहरी जवानले किशोरीलाई कुटपिट गरेका कारण उनको खुट्टामा पनि निलडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको पीडित पक्षको भनाइ छ ।

    चालु आर्थिक वर्षको यही कात्तिक १७ गतेसम्म जिल्लामा कूल छ वटा र गत आर्थिक वर्षमा सात वटा बलात्कारका घटनामा अनुसन्धान भई मुद्धा चलाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑