• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज नाका खोल्न सरकारसँग कांग्रेसको माग

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७७, सोमबार १८:०७
  • ५७०५

    वीरगन्ज । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले बन्द गरेको वीरगन्ज नाका खोल्न नेपाली कांग्रेसले माग गरेको छ। सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ ख को क्षेत्रीय कार्य समितिले वीरगन्ज नाका खोल्न माग गरेको हो।

    कोभिड महामारीका कारण भारतले बन्द गरेको रक्सौल नाका कात्तिक ६ गतेदेखि एकतर्फीमा खोलिसकेको छ। नेपाल सरकारले भने वीरगन्ज सहितका  नाकाहरु कात्तिक ३० गतेसम्मका लागि बन्द नै रहेको जनाएको छ।

    वीरगन्ज नाका विगत ७ महिनादेखि बन्द हु्ँदा यसले नेपाल भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि असार पारेको कांग्रेसले जनाएको छ। तराइ मधेसवासीको पर्व दिपावली र छठ पनि नजिकिंदै गइरहेका बेलामा नाका बन्द गर्नु व्यवहारिक नभएको तर्क गर्दै कांग्रेसले लामो समयदेखि बन्द रहँदा आवागमन र व्यपार व्यवसायमा समेत कठिनाइ परेकाले नाका खोल्न सरकारसँग माग गरेको बताएको छ।

    स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगन्ज नाका यथाशीघ्र खोल्न कांग्रेसले  सरकारसँग माग गरेको हो। 
    भरतले आफ्नोतर्फको नाका खोलिसकेको तर नेपाल सरकारले मुख्य नाका बन्द नै राखेका कारण भारतका ग्रामीण भेगका नाकाबाट लुकीछिपी मानिसको आउजाउ भइरहेकाले यसले संक्रमणको जोखीम झन बढाएको पर्साको क्षेत्र नम्बर १ को ख का क्षेत्रीय कार्य समितिका सभापति अरविन्द कुमार गुप्ताले बताए। 

    ज्ञापन पत्र बुझ्दै प्रजिअ तमाङले संघीय सरकारले नाका कात्तिक ३० गतेसम्म बन्द गर्ने निर्णय गरेकाले कांग्रेसले नाका खोल्न गरेको मागको बारेमा नेपाल सरकारलाई जानकारी गराउने बताए। भारतरले कात्तिक ६ गतेदेखि एकतर्फी नाका खोलेपछि वीरगन्ज नाकामा नेपाली सुरक्षाकर्मीले सास्ती खेप्नु परेको छ।
    भारतबाट आउनेलाई नाकामा नेपाली सुरक्षाकर्मीले रोक्दा दिनहुँ जसो विवाद हुने गरेको छ। 
     
    पर्साका प्रजिअ तमाङले भारतले सिमाना खुल्ला गरिदिएपछि नाकामा थप सुरक्षाकर्मी तैनाथ गर्नुपरेको बताए। औषधी उपचार आदिका लागि जानै पर्ने बाध्यतापूर्ण अवस्थाका मानिसलाई नेपाल सरकारको मापदण्ड अनुसार प्रक्रियागत सहजीकरण गरिदिने उनले बताए।  उनले भने,‘तर किनमेल गर्न जान आउन खोज्ने लगायतका कामका लागि हामीले नाकामै रोकेर फिर्ता पठाइ दिने गरेका छौं।’ 

    नाका बन्द हुँदा अवैध आवागमन र तस्करी बढ्यो
     
    सरकारले वीरगन्ज लगायतका सबै नाका बन्द गरेको  बताए पनि पर्सा जिल्लामा रहेका ग्रामीण भेगका अलौ, अमरपटटी, सबैठवा, जानकी टोला, भिस्वा, ठोरी, महादेवपट्टी, पाण्डेपुर  लगायतका  नाकाहरुबाट मानिस सहज रुपमै ओहोर दोहोर हुने गरेका छन्। मुख्य नाका सरकारले बन्द राखेका कारण ग्रामीण भेगका नाका हुँदै भारतबाट मालसामानको तस्करी पनि बढेको स्थानीय बताउँछन्। 

    यसका साथै तस्करी पनि बढेकोले नेपाल सरकारलाई राजश्वमा घाटा भइरहेको तर्क कांग्रेस क्षेत्रीय सभापति गुप्ताको छ। उनले भने, ‘त्यसैले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नाका तत्कालै खोल्नु पर्ने माग हामीले गरेका हौं।’ 

    ठाकुरराम बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक इन्दुशेखर मिश्राले पनि नाका बन्द हुँदा व्यपारीले तस्करीबाट मालसामान ल्याउन बाध्य भएको सुनिएको बताए। उनले भने, ‘जुन मालसामान भन्सार राजश्व तिरेर व्यपारीले  ल्याउँथे अहिले ७ महिनादेखि नाका बन्द हुँदा कतिपय साना कारोबारीले अवैध बाटोबाट ल्याउनु पर्ने बाध्यता भएको सुनिन्छ, त्यसैले भारतले नाका खोल्ने निर्णय गर्दा नेपालले पनि सँगै खोल्नु पर्ने थियो।’ वीरगन्ज  नाका खोल्न माग गर्दै सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी असमान तमाङ मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेसका क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑