• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चिकित्सकहरुको आग्रह- मौसमी फ्लुका बिरामीले उच्च सतर्कता अपनाऔं

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७७, आईतवार १६:०८
  • २८८५

    काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्‍न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आईसीयू बेडहरु कोभिडका बिरामीले भरिएको चिकित्सकहरुको भनाइ छ । मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले बताइन् ।

    अस्पतालहरुमा आईसीयू बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन् । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन् । उनले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैंले सतर्कता अपनाउनुपर्ने सुझाइन् ।

    सामान्य रुघाखोकी लाग्‍ने, सामान्य जिउ दुख्‍ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उनको भनाइ छ । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाहअनुसार भिटामिन बी र सीको प्रयोग गर्दा साता-दश दिनभित्रमा मौसमी फ्लु निको हुने उनले बताइन् । सामान्य रुघाखोकी लाग्दैमा हतार-हतार अस्पताल आएर अस्पतालबाट आफूलाई नभएको फ्लुसमेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन् । मौसमी फ्लुका लक्षण देखिए पनि श्‍वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्‍ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउनेजस्ता समस्या देखिएमा अस्पताल आउन पनि उनले आग्रह गरिन् ।

    नेपालमा लकडाउन सुरु भएको सुरुवाती चरणमा सरकार र नागरिक स्तरबाट कडाइका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए पनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उनको भनाइ छ ।

    रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही सातामा कोरोना जिते पनि दीर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यानसमेत जाने घटनाहरु बढिरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गरिन् । अहिलेको अवस्थामा जटिल खालका बिरामीहरु बढ्दै गएकोप्रति उनले चिन्तासमेत व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑