वीरगन्ज । अमेरिकामा राष्ट्रपतिको निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। यद्यपि अर्ली भोटिङ जारी छ। यस दौरामा कोभिड-१९ संक्रमणमा पनि उच्च रेकर्ड कायम भएको छ। स्थानीय समयअनुसार बिहिवार थप ९१ हजारमा संक्रमण पुष्टि भएको छ।
सोही दिन एक हजार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। कोरोना संक्रमणमा विश्वका मुलुकहरुमा अमेरिका पहिलो नम्बरमा रहेको छ। हालसम्म अमेरिकामा नौ लाख ३१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ३५ हजार बढीको ज्यान गइसकेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ।
कोरोना संक्रमण बढे पनि आगामी राष्ट्रपतिका उम्मेद्वारद्वय डोनाल्ड ट्रम्प र जोय बाइडेन चुनावी सभाहरुमा सहभागी भइरहेका छन्। अहिले दुई उम्मेद्वार ब्याटल ग्राउन्ड मानिने क्षेत्रहरुमा चुनावी अभियानमा छन्। यी क्षेत्र राष्ट्रपति चुन्नका लागि निर्णयक क्षेत्र मानिन्छन्।