आज:
  • होमपेज / देश

    राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डल किन निष्क्रिय ? सञ्‍चार विज्ञ भन्छन्– साइबर आक्रमण भयो

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार २२:०२
  • २७६१

    वीरगंज। अघिल्लो वर्ष पुस ४ गते प्रधानमन्त्री कार्यालयको अफिसियल ट्विटर ह्याण्डलबाट एउटा रिट्विट भयो । कहिलेकाहीँ ट्विटर एकाउन्ट ह्याकरहरूको कब्जामा पुगेर अनावश्यक रिट्विट हुन्छ, गरिन्छ । प्रधानमन्त्रीको रिट्वटचाहिँ भारतमा हिँसा भड्किँदै गर्दा विपक्षी पार्टी कांग्रेस आईकी नेतृ सोनिया गान्धीले देशबासीलाई संयमित हुन गरेको आग्रहमा केन्द्रित थियो ।

    त्यही दिन प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयको ट्विटरको पासवर्ड दुरुपयोग भएको ट्विटमार्फतै जानकारी दिएका थिए ।
    “सम्माननीय प्रधानमन्त्रीज्यूको ट्विटरबाट अन्यथा रिट्विट भएको देखिन आएको छ । पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुन सक्ने आशङ्कामा छानबीन भइरहेको छ । तसर्थ कुनै प्रकारको भ्रम र गलफतीमा नपर्न अनुरोध गर्छु,” थापाले भनेका थिए ।

    तर, प्रधानमन्त्री कार्यालयको ट्विटरको पासवर्ड दुरुपयोग गर्ने कार्य कोबाट हुन गयो भनेर अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । र, यो प्रकरण यत्तिकै सेलाएर गएको छ ।

    अहिले राष्ट्रपति कार्यालयको ट्विटर ह्याण्डलबाट पनि असान्दर्भिक र संस्थागत मर्यादाविपरीतको रिट्विट भएको छ । रिट्वटमा राष्ट्रपति कार्यालयविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्न नहुने आशय थियो ।

    सार्वजनिक रुपमा टिप्पणी हुन थालेपछि राष्ट्रपति कार्यालयले प्रयोगमा ल्याएको @ShitalNiwas नामक ट्विटर ह्याण्डल निश्क्रिय तुल्याएको छ । शीतल निवासले पनि प्रधानमन्त्री कार्यालयले जस्तै साइबर हमला भएको निचोड सुनाउँदै ट्विर ह्याण्डल केही दिनका लागि बन्द भएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालयका सन्देश, सूचनाहरू सम्प्रेषित गर्न खोलिएको ट्विटर ह्याण्डल दुई दिनपहिले मात्रै भेलिफाइड (नीलो ब्याच पनि भएको थियो । राष्ट्रपति कार्यालयले साइबर आक्रमणको प्रयास भएकाले गलत सन्देश जान सक्ने भन्दै खाता निश्क्रिय बनाइएको जानकारी दिएको छ ।

    “अरू इस्यु केही होइन,” राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बाह्रखरीसँग भने, “मूल समस्या, ट्विटर एकाउन्ट भेरिफाइ भइसकेपछि धेरै हमला प्रयास हुँदो रहेछ । एक–दुईपटक त रिकभर पनि गरियो । एकाउन्टका कतिपय कुराहरू बचाउनुपर्ने देखियो । सुरक्षा प्रणालीलाई बलियो बनाएर रिकभर गर्ने कि नयाँ खाता सञ्चालमा ल्याउने सल्लाह हुँदैन । रिकभर गर्न मिल्ने गरी त्यहाँ गरिएको ट्विटहरू आर्काइभ गरेको छु । ती ट्विटको प्रिन्ट पनि छ । कति डिजिटल स्वरुपमै पनि राखिएका छन् ।”

    राष्ट्रपति कार्यालयका खाता ह्याक भएको नभइ आक्रमण प्रयास मात्रै भएको दोहोर्‍याए । “अहिलेका लागि खाता निश्क्रिय बनाइएको छ । एकदुई दिनमै यसलाई पूर्ववत् सञ्चालनमा ल्याउँछौं,” उनले भने, “राष्ट्रपति कार्यालयले कुनै रिट्विट गरेको छैन । त्यसरी गर्न मिल्दैन पनि ।”कतैबाट असावधानीवश रिट्विट गरिएको हुनसक्नेतर्फ उनले सङ्केत गरे । “आक्रमणकारीले गर्‍यो । अथवा फोटोसपमात्रै पनि हुनसक्छ, जे होस्, त्यो ठूलो कुरा भएन । त्यहाँबाट १४ वटा ट्विट भएका छन् । तिनीहरू सुरक्षित छन्,” उनले भने ।

    उनले आक्रमण भएको थाहा पाउनसाथ रिकभरको प्रयास थालिएको र बुधबार बिहान रिकभर गरिएको पनि जानकारी दिए । “बिहानसम्म तीन–चारघण्टा लगाएर रिकभर गरेँ,” उनले भने, “यहाँका सूचना तेस्रो पक्षतिर जाने खतरा देखेर मैले सुरक्षित तुल्याएँ ।”राष्ट्पति कार्यालयको ट्विटर खाता निश्क्रिय तुल्याइएपछि सार्वजनिकरूपमा विभिन्न प्रतिक्रिया आएका छन् ।

    “राष्ट्रपति व्यक्ति होइन देशको सर्वोच्च संस्था हो । राष्ट्रपति कार्यालय सम्बन्धित जुनसुकै किसिमका हेलचेक्र्याइँले नेकपा कार्यकर्ताको होइन, सारा नेपालीको शिर झुक्छ, जनताको आस्था माथी धावा बोल्न बन्द गरौं । र अर्को कुरा राष्ट्रपति कार्यालयका कर्मचारी र सहयोगीलाई राजनीतिबाट टाढै राखौं,” मानवी पौडेलले ट्विट गरेकी छन् ।

    ट्विटरमै मिलन बगालेले राष्ट्रपति कार्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप लगाएका छन् । “राष्ट्रपति कार्यालयलाई कार्यकर्ता भर्ती केन्द्र नबनाए हुने । असल, इमान्दार, सक्षम, स्वाभिमानी सल्लाहकार तथा चुस्तरदुरुस्त कर्मचारीको टिम बनाए पो । विलासी चालचलन सबै सिक्ने । ज्ञान, विज्ञान, विवेकचाहि नसिक्ने ? राष्ट्रपति संस्थालाई नागरिकले प्रश्नै गर्न नपर्नेगरी सम्मानित बनाउनु है,” उनले सुझाएका छन् ।

    त्यस्तै राजेश नामको ट्विटर प्रयोगकर्ताले खाता निश्क्रिय गराएर राष्ट्रपति कार्यालयको मानमर्दन गरिएको बताएका छन् । “तपाईंले तपाईंको वरिपरी कस्तो सल्लाहकार राख्नु हुन्छ त्यसै बाट पनि तपाईंको मूल्याङ्कन गर्न सकिन्छ नि कि कसो हो ? नपत्याए आज शीतल निवास नामक राष्ट्रपति कार्यालयको आधिकारिक ह्यान्डलको हरिबिजोक हेर्नुस् त ! राष्ट्रपती कार्यालयको यो भन्दा बेइजत के हुन सक्ला ? राम राम !”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑