पर्सा | राजन कुमार बानिया | पर्साको प्रहरीको रात्री गस्ती फितलो भएको को कारण ग्रामिण क्षेत्र हरु मा चोरी ,बलत्कार र हत्या को घटना बृदि भएको स्थानिय हरुको आरोप रहेको छ।ग्रामिण क्षेत्र हरु मा रहेको ईलाका प्रहरी र प्रहरी चौकी का प्रहरी हरु ले दिन भरि तस्कर हरु संग नजराना उठाउन ब्यसत रहेको र रात भरि सुतने गरहेको कारण प्रहरी को रात्री गस्ती फितलो भएको ले अपराधिक घटना मा बृदि भएको स्थानिय हरु ले आरोप लगाएका छन।
मंगलबार को दिन पर्सा को धोबिनी गाउँपालिका वार्ड नं २ आस्वारी ओरिया खोला नजिक बाट एक पुरुष को शव गाडिएको अवस्था फेला परेको छ।आसवारी र मिर्जापुर भलुवहिया को बिच मा रहे ओरिया खोला मा खालटोमा गाडिए अवस्था मा पुरुष को शव तल को भाग नरहेको प्रहरी ले जनाए का छन।ओरिया खोला बाट बरामद शव कुईएको अवस्थामा रहेको र माथी को भाग ठाउको र जिव मात्र रहेको ले तलको भाग कुनै जिवजनतु हरु खाएको अवस्था रहेको थियोे ।
बरामद शव को पहिचान हुन नसकेको प्रहरी ले जनाए का छन।बरामद गरिएको शव नारायणी अस्पताल बिरगंज मा पठाएको प्रहरी ले जनाएका छन। यता एक महिना मा चोरी, बलत्कार ,र हत्या को घटना ले गर्दा ग्रामिण क्षेत्रका जनता हरु असुरक्षित महसुस गरिरहेको छ। यो भन्दा पहिला कालिकामाई अन्तरगत एउटा महिला को शव बरामद भएको थियोे। यस्तै जगरनाथपुर गाउँपालिका को दसौता गण्डक नहर बाट बोरा मा शव बरामद भएको थियोे ।
यसता घटना हरु धेरै बढदै गईरहेको छ। जब कि नाका लगायत बिभिन ठाउँ हरुमा ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी रहेपनी दिन भरि तस्कर हरु संग रकम उठाउन मा ब्यस र रातभरी सुतिरहेको कारण रात्री गस्ती फितलो देखिएको ले घटना क्रम बढदै गईरहेको छ। यदी समबन्धित निकाय को ध्यान पुगेन भने दिन प्रतिदिन चोरी ,बलत्कार र हत्या जस्तो घटना बढने स्थानिय हरुको गुनासा रहेको छ।