उदयपुर | उदयपुरकाे त्रियुगा नगरपालिका– १० बोक्सेकाे पानीट्यांकीनिवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
प्रहरीका अनुसार उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक-पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
ती धामीले आफ्ना गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् ।