• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपालमा प्रतिदिन ६ जना बलात्कारबाट पीडित, अधिकांश ११ देखि १६ वर्षमुनि

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार १९:०२
  • ५३७७

    काठमाडौं । नेपालमा प्रत्येक दिन औसतमा ६ वटा बलात्कारका घटना भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो दुई वर्षको तथ्याङ्‍कअनुसार प्रतिदिन ६ वटा बलात्कारका घटना हुने गरेको पाइएको हो । प्रहरीले अधिकांश बलात्कारका घटनामा सफलता पाएको पनि छ । तर पछिल्लो दुई वर्षमा बलात्कारका घटनामा अभियुक्तसम्म पुग्‍न नसकेको घटना निर्मला पन्त हत्या प्रकरण नै हो ।

    बलात्कारका घटनामा सबैभन्दा पीडित ११ देखि १६ वर्षमुनिका बालिका भएको पाइएको छ । यो डरलाग्दो तथ्याङ्‍क हो । पछिल्ला दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्‍क हेर्ने हो भने चार हजार आठ सय २८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । औसतमा भन्‍ने हो आर्थिक वर्ष ०७५/७६ मा दुई हजार दुई सय ३० वटा बलात्कारका घटना भए । यो वर्ष प्रतिदिन ६ वटा बलात्कारका घटना भए ।

    आर्थिक वर्ष ०७६/७७ मा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भए । औसतमा भन्‍ने हो भने यो वर्ष पनि प्रतिदिन ६ वटा बलात्कारका घटना भए । चालु आर्थिक वर्षको साउन र भदौमा ४४५ वटा बलात्कार घटना प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्‍क विश्लेषण गर्ने हो भने झन्डै आठवटा बलात्कारका घटना प्रतिदिन भइरहेको देखिन्छ ।

    धेरै स्थानमा घटनालाई दबाउने तथा पीडितले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले कतिपय बलात्कारका घटना बाहिर आउन नसकेको प्रहरी अधिकारी नै बताउँछन् । बलात्कारविरुद्ध समाज नै सचेत हुनुपर्ने र बलात्कारका घटनालाई ढाकछोप गर्न नहुने प्रहरी अधिकारीहरुको तर्क छ ।

    अधिकांश ११ देखि १६ वर्षमुनिका बलात्कृत
    बलात्कारबाट पीडित हुनेमा अधिकांश ११ देखि १६ वर्षमुनिका बालिका रहेको प्रहरी तथ्याङ्‍कले देखाउँछ । अझै धेरैजसो बलात्कारमा चिनेजानेका, आफन्त नै संलग्‍न भएको पाइएको छ । आर्थिक वर्ष ०७५/७६ मा २२ सय ३० बलात्कारका घटनामा ८८९ जना ११ देखि १६ वर्षमुनिका बालिका थिए ।

    त्यसबाहेक १० वर्षमुनिका २९८ जना छन् । यसले बलात्कारको जोखिममा १ देखि १६ वर्षमुनिका बालिका बढी रहेको देखाउँछ । आर्थिक वर्ष ०७७/७८ मा पनि ११ देखि १६ वर्षमुनिका ८०१ बालिका बलात्कारको सिकार भए भने १० वर्षमुनिका २७३ जना बलात्कृत भए । पछिल्लो समय नेपालमा बलात्कारविरुद्ध कडा कानुन बनाउनुपर्ने मागसमेत उठिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑