वीरगन्ज । सनि चौरसिया । असोज ६ गते गाँउपालिकाको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका मुकेश चौरसियाको उपचारका क्रममा असोज ७ गते बिहान ५ बजेको करिबमा ज्यान गएको थियो । असोज ७ गतेदेखि निरन्तर आन्दोलन भइरहेको छ।
आज आन्दोलनको चोथो दिन पनि प्रद्र्शन जारिनै रहयो तर भएन जाहिरी दर्ता । सबैको जिज्ञासा् बन्दै गएको प्रश्न कहिले पाउँछ मुकेश लाई न्याय ? आज झर्पको ५ दिन र मुकेश चौरसिया लाई न्याय दिलाउन ४ दिन देखि आन्दोलन भइरहेको छ।
आज पनि प्रदर्सनको कार्यक्रम निरन्तर रहेकै छ । आज अलि प्रदर्शन को मुहार फेरिएको हेरिएको छ । आज एस पि गंगा पन्तको पुतला जलाइ बिरोध प्रदर्शन गरिएको छ।प्रद्र्शनमा उपस्थित बालेसवर दहित थारु भनु हुन्छ “एउटा कमरेडको हत्या हुन्छ, कमरेडले इन्साफ पाउँदैन भने आम नेपाली जनताले कसरी इनसाफ पाउँछ? इनसाफ न पएसम्म आन्दोलन जरिनै रहने छ।
साथै आज देखि प्रदर्शनको मुहार फेरिदै भोलि आइतबार बाट आन्दोलन लाई झन उग्ररूप लिने जनाएका छन । मुकेश चौरसिया लाई न्यायको माग गर्दै उन्का भाइ शयाम चौरसिया भन छन ” यदि येसरी नै रहयो भने म अनसनमा समेत बस्छु ।