वीरगंज | ह्वाट्सएपले चाँडैनै आफ्नो डेक्सटप एपबाट पनि कल गर्न मिल्ने सुविधा उपलब्ध हुने भएको छ । अहिले महामारीको बेलामा भिडियो कलको चलन एकदमै बढेको छ । जसको फाइदा जूम र फेसबुक जस्ता कम्पनीले उठाएका छन् ।
ह्वाट्सएपले पनि ग्रुप कलमा मान्छेको सङ्ख्या चार देखि आठ जनाले बढाएको छ । अब ह्वाट्सएपको डेक्सटप भर्सनमा भ्वाईस तथा भिडियो कल गर्न मिल्ने सुविधा आउँदै छ ।
यो डेक्सटप साइटमा कल गर्दा अर्को विन्डो खुल्छ जसको प्रयोगले कल म्यानेज गर्न सकिन्छ । तर यो नयाँ फिचर नआँउदै पनि डेक्सटप साइटबाट कल गर्न भने सम्भव नै छ ।
यसको लागी अहिले भने सर्टकट प्रयोग गरेर फेसबुक मेसेन्जर रुम बनाउनु पर्ने हुन्छ । तर यो नयाँ फिचर आएपछि भने हामी त्यही एपबाट कल गर्न मिल्ने हुन्छ ।यो फिचर अहिले परीक्षणकै क्रममा रहेको छ । यो फिचर कहिलेबाट उपलब्ध हुन्छ त्यो भने कुनै जानकारी दिइएको छैन् ।