• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    थारु समुदायको मौलिक दसैं, नवमीमै सेतो टीका र सखिया नाच

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार ११:२८
  • ६३६५

    घोराही । दाङका थारु समुदायले पनि मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ । उनीहरुले चामलको पिठोमा मुछिएको सेतो टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशिर्वाद लिन्छन् । दसैं थारु समुदायको माघी र अत्वारी पछिको ठूलो चाड हो । उनीहरु दसैं आउनुभन्दा अगाडि नै माछामासु र दाउरा जोहो गर्ने, किनमेल गर्ने गर्दछन् ।

    दसैंलाई उनीहरु पितृ पुर्खा पूजाको पावन अवसरको रुपमा लिन्छन् । सबैले आ–आफ्नो घरमा पूजापाठ गरेर पितृको सम्झना गर्दछन् । पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग, ढिक्री, रक्सी आदि चाहिन्छ । पूजापछि परिवारका सबै सदस्य बसेर परिकार खान्छन् । बाँकी बचेका परिकार खोला वा नदीमा सेलाउँछन्, जसलाई उनीहरु पितृ सेलाएको रुपमा ब्याख्या गर्छन् ।

    यी सबै प्रक्रिया पूरा गरेपछि टीका लगाउने चलन छ । दाङका थारु समुदायले नवमीको दिन सेतो टीका र मकैको जमरा लगाएर दसैं मनाउँछन् । घरमूली गाउँको अगुवा महतौ (महतवा)को घरमा रक्सीसहित परिकार बोकेर जान्छन् र टीका लगाइमाग्छन् । त्यसपछि घरका अरु सदस्यहरुलाई टीका लगाइदिन्छन् ।

    अरु समुदायको सांस्कृतिक प्रभावका कारण कसैकसैले टीकाकै दिन रातो टीका र जौकै जमरा लगाउने चलन पनि चलाएको देखिन्छ । संस्कृतिविद डा. गोविन्द आचार्य भन्छन्, ‘थारु समुदायमा राजा टीका र गउँल्या टीका भनेर दुई दिन हुन्छ । नवमीको दिनलाई गउँल्या टीका भन्छन् । अर्को दिनलाई राजा टीका भन्छन् । तर टीका लगाउने चलन भने नवमीको दिनमै सुरु हुन्छ ।’

    टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया (सख्या) र बड्का नाच नाच्ने चलन छ । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण थारु गाउँमा नाचगानको खासै रौनक नभएको दाङ देउखुरी घर भएका पूर्वसभासद योगेन्द्र चौधरी बताउँछन् ।

    यद्यपि कतिपयले आफ्नो संस्कृति बचाइराख्न सखिया नाचलाई औपचारिकता भने दिने गरेका छन् । आजभोलि यी नाच लोपोन्मुख छन् । यी नाचगानका विधि प्रक्रिया खर्चिलो भएकाले र पछिल्लो पुस्ता आधुनिकतामा रमाउने गर्नाले बड्का नाच र सखिया नाचको मौलिकता हराउँदै गएको छ । ‘जति ठाउँमा महटवा प्रथा छोडियो, भुइँहार थानमा पूजा गर्ने चलन छोडियो, त्यो छोडे सँगसँगै चाडपर्वमा गरिने धार्मिक अनुष्ठान र सँस्कृति पनि छोडिँदै र सकिँदै गएका छन्,’ सँस्कृतिविद डा. आचार्यले भने । आधुनिकतासँगै थारुका मौलिक परिकार बनाउने चलन पनि घट्दै गएको डा. आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑