• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    क्लिनफिड लागू गर्ने १५ वर्षदेखिको प्रयास सफल, विज्ञापनमा बहुराष्ट्रिय कम्पनीको लगानी दोब्बर हुने

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार ०७:५९
  • ३९७३

    वीरगंज | नेपालमा विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) आउनु पर्छ भनेर कुरा उठ्न थालेको १५ वर्ष भयो। क्लिनफिड लागू हुँदा नेपाली विज्ञापन व्यवसाय बढ्छ भन्ने व्यवसायीहरुलाई लागेको थियो।अन्ततः १५ वर्षदेखिको यो प्रयास सफल भएको छ। शनिबादेखि क्लिनफिड लागू भएको छ।

    नेपालमा क्लिनफिड लागू गर्ने भन्दै सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मै एक वर्षमा लागू गर्ने प्रावधान ल्याएको थियो।१५ वर्षको अवधिमा धेरै सरकार परिवर्तन भए। विज्ञापन संघका पदाधिकारी हरेक मन्त्री समक्ष यही फाइल बोकेर हिँड्थे। कति सचिव फेरिए, हरेकलाई बुझाउन जान्थे। कति मन्त्री र कति सचिवले यसको अवधारणा नै बुझेका थिएनन्। उनीहरुलाई बुझाउन हम्मे परेको थियो विज्ञापन व्यवासायीहरुलाई।

    त्यो बेला केवलमात्र थियो, डिजिटल थिएन। केही देशमा यो लागू भइसकेको थियो। बंगलादेश, पाकिस्तान, श्रीलंकाले अभ्यास गरिसकेको यो नीति नेपालमा पनि लगाउन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लागिरहेको थियो।‘१५ वर्षदेखि क्लिन फिडका पक्षमा धेरै मेहनत र पसिना बगेका छन्,’ नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठले नेपालखबरसँग भने, ‘धेरै वर्षको संघर्षपछि आज सफल भएको छ।’

    यो नीति लगाउनु पर्छ भन्नेमा सबैभन्दा अघि विज्ञापन संघ र मिडिया सोसाइटी लागेको थियो। साथसाथमा सञ्चार मन्त्रालय, सञ्चार माध्यम र अन्य विभिन्न सरोकारवालाको पनि भूमिका छ।तीन वर्षअघि मन्त्रिपरिषदबाट क्लिन फिड लगाउने भनेर मिति नै तोकिएको थियो। त्यो बेला सरकार पछि हटेको थियो। गत वर्ष भने ऐनमै एक वर्षको समय तोकिएको थियो।

    ‘ऐनमै उल्लेख भइसकेपछि अब यो लागू नहोला भन्नेमा शंका छैन,’ श्रेष्ठ भन्छन्, ‘मुलुकभर लागू हुन भने केही समय लाग्न सक्छ।’कोरोनाभाइरस संकटले गर्दा डिजिटल सेवा प्रदायक र केवल वितरकले केही समय लिनसक्ने देखिएको छ।केही भारतीय टेलिभिजनले क्लिनफिड बक्स नपठाएको बताइएको छ। तर, उनीहरुले पठाउँदैनौं भनेका छैनन्।

    ‘यसअघि भारतीय च्यानलहरुले क्लिनफिड लगाउने विषयमा इन्कार गर्दै आएका थिए,’ श्रेष्ठले भने, ‘गत वर्ष नेपालमा यससम्बनधी कानुन नै बनाएपछि भने उनीहरु यसमा सहमत भएका छन्।’क्लिनफिड लागू भएसँगै बहुराष्ट्रिय कम्पनीले स्थानीय विज्ञापन बनाउनु पर्छ। त्यसको लागि भने केही समय लाग्न सक्ने विज्ञापन व्यवसायीहरुको बुझाइ छ।

    बहुराष्ट्रिय कम्पनीहरुले ‘लोकल विज्ञापन’ बनाउन समय नपाइएको भनिरहेका छन्।‘केही महिना यिनीहरुसँग लोकल विज्ञापन नहुन पनि सक्छ,’ श्रेष्ठ भन्छन्।बहुराष्ट्रिय कम्पनीले नेपालमा विज्ञापन बनाउन थालेपछि यहाँ उनीहरुको लगानी दोब्बर हुने अनुमान गरिएको छ।‘अहिले बहुराष्ट्रिय कम्पनीको विज्ञापन ३ देखि ४ अर्बको छ,’ श्रेष्ठले भने, ‘एक वर्ष भित्रमा यो दोब्बर हुनसक्छ। यिनीहरुले दोब्बर लगानी गर्नैपर्छ।’

    सबैभन्दा ठूलो समस्या भारतीय न्युज च्यानललाई हुनेसक्ने देखिएको छ। आजतक, जीन्युज जस्ता भारतीय समाचार च्यानलहरुले टेलिभिजन स्क्रिनमा विभिन्न तरिकाले विज्ञापन देखाएका हुन्छन्। भिडियो ग्राफिक्सबाट पनि समाचारसँगै विज्ञापन देखाइएको हुन्छ।यस्तो विज्ञापनलाई हटाएर क्लिनफिड समाचार देखाउने प्रविधि नभएको शर्माको भनाइ छ।

    ‘समाचारको बीचमा आउने विज्ञापन हटाउन सक्छन् तर यसरी समाचारसँगै देखाउने विज्ञापन हटाउने प्रविधि उनीहरुसँग छैन भन्ने कुरा छ,’ नेपाल केबल टिलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले भने, ‘समाचारसँगै आउने विज्ञापन नबचाउने हो भने भारतका अधिकांश न्युज च्यानल बन्द हुन्छन्।’

    विगतका प्रयास
    क्लिनफिड लागू गर्न तयारी गर्नुपर्ने र विदेशी च्यानलसँगको सम्झौता नवीकरण गर्ने समय लाग्ने भएकाले ऐनमै तोकेर वर्ष दिनको समयावधि दिइएको थियो। उक्त ऐन पारित भएको कात्तिक ७ गते एक वर्ष पुगेको छ।विगतका सरकारले क्लिनफिड लागू गर्ने प्रयासमा विभिन्न अवरोध समेत आएका थिए। सरकार २०७४ असार १ देखि क्लिनफिड लागू गर्ने भनेर घोषणा गरे पनि पछि हटेको थियो।

    त्यो बेला मुलुकमा सञ्चालनमा रहेका केबल टेलिभिजन महासंघहरूले समेत विरोध जनाएका थिए। साथै, भारतीय संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले क्लिनफिड नीति लागू नगर्न सरकारलाई दबाब समेत दिएको थियो। उसले सञ्चार मन्त्रालयमै पुगेर यो नीति लागू नगर्न ‘लबिङ’ नै गरेको थियो।

    उक्त प्रयास यसपाली पनि नभएको होइन। केही समयअघि कोरोना भाइरस संक्रमणका कारण समयावधि नपुगेको भन्दै ६ महिना समय थप्न नेपाल सरकारसमक्ष अनुरोध गरिएको थियो।भारतसँग सम्बन्ध ‘चिसिएको’ बेला पुनः क्लिनफिड लागू गर्ने समय आएको छ। क्लिनफिड लागू गर्ने÷नगर्ने विषयले भारतीय च्यानलसँग ठूलो सम्बन्ध राख्छ। उनीहरुले नेपालको क्लिनफिडअनुसार च्यानल दिन्छन कि दिँदैनन् भन्ने कुरा उठिरहन्छ।

    क्लिनफिड लागू हुने दिनसम्म पनि भारतीय च्यानलका उक्त प्रविधिलाई सघाउने बक्स आउन सकेका छैनन्। अहिलेसम्म सोनी टेलिभिजन अन्र्तगतका सबै च्यानलहरुका क्लिनफिड बक्स आइसकेका छन्। त्यस्तैगरी, डिस्कभरी, एनिमल प्लानेट जस्ता च्यानहरुका बक्स पनि आइसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले जनाएको छ।

    क्लिनफिड नीतिबाट उपभोक्तालाई शुल्क महँगो पर्ने र भारतीय च्यानलले नेपालको लागि भनेर क्लिनफिड कार्यक्रम नबनाउने भन्दै केवल टेलिभिजन महासंघलगायतले क्लिनफिड नीतिको विरोध गरेको थिए।क्लिनफिड लागू भए अहिले निःशुल्क हेरिएका च्यानलको शुल्क तिर्नुपर्ने हुन्छ। यस कारणले च्यानलको शुल्क केही महंगो पर्नसक्ने आकलन गरिएको छ। तर कति महंगो पर्ने एकीन छैन।

    के हो क्लिनफिड?
    सामान्य अर्थमा क्लिनफिड भनेको विज्ञापन नभएको टेलिभिजन कार्यक्रम हो।संसारभर दुई किसिमका टेलिभिजन च्यानल हुन्छन्ः क्लिनफिड र एड्भरटाइजिङ फिड। निःशुल्क च्यानल (फ्रि एयर) पनि प्रचनलमा छ।आज देखि नेपालमा लागू गर्न खोजेको क्लिनफिड च्यानल हो। यो हेरेबापत शुल्क तिर्नुपर्छ। यसमा विज्ञापन आउँदैन।

    अर्को, एड्भरटाइजिङ फिडमा च्यानल हेरेबापत शुल्क तिर्नुपर्दैन तर विज्ञापन बज्छन्। हामीले अहिलेसम्म हेरिरहेका सबै विदेशी च्यानल एड्भरटाइजिङ फिड हो जसमा विज्ञापन आउँछन्।तर, हामी अहिलेसम्म दोहोरो मारमा छौं। विज्ञापनसहितको च्यानल हेरेबापत पैसा नतिर्नुपर्ने हो तर हामीले यसको शुल्क समेत तिर्नुपरेको छ।

    त्यसैले नेपाली उपभोक्ताले एकातिर विदेशी च्यानल हेरेबापत पैसा पनि तिर्नुपरेको छ र अर्कातिर विज्ञापन पनि हेरिरहनुपरेको थियो।हामीले हेरिरहेका नेपाली च्यानलहरू निःशुल्क छन्। यसैकारणले उनीहरुले विज्ञापन बजाउन पाउँछन्।विज्ञापन व्यवसायीहरुका अनुसार चलेका र ठूला च्यानलले विज्ञापनसहितका निःशुल्क र सशुल्क विज्ञापनरहित दुवै कार्यक्रम बनाउने गरेका छन्।

    ६ अर्बको विज्ञापन बजार बढ्छ
    क्लिनफिड लागू भएपछि अहिलेको विज्ञापन बजारको ५० प्रतिशत वृद्धि हुने विज्ञापन संघको अनुमान छ। अहिले नेपालको विज्ञापन बजार १२ अर्बको छ। क्लिनफिड लागू भएपछि बहुराष्ट्रिय कम्पनीबाट ६ देखि ८ अर्बको विज्ञापन थपिने अनुमान गरिएको छ।क्लिनफिड लागू भएसँगै कुनै पनि विदेशी कम्पनीले नेपाली उपभोक्तामाझ विज्ञापन प्रसारण गर्न चाहेमा नेपालका सञ्चारमाध्यमलाई सीधै उक्त विज्ञापन उपलब्ध गराउनुपर्नेछ।

    विदेशी ठूला कम्पनी, बहुराष्ट्रिय कम्पनीले नेपालमै आएर नेपाली विज्ञापन एजेन्सी, कलाकार र यहीँको भूमि प्रयोग गरेर विज्ञापन बनाउने विश्वास छ। जसले गर्दा नेपाली मिडिया, कलाकार, एजेन्सी, लेखकदेखि विज्ञापनसम्बन्धी सबै पक्षलाई फाइदा पुग्ने आशा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑