वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो परिक्षणको नतिजा आउँदा पर्साका ११, बाराका ७ र सर्लाहीका १ जनागरी ४ महिलासहित थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार आजपनि डाबर नेपालका एक जना कर्मचारी संक्रमित भएका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ मा तिन जना, वडा नम्बर १३ मा दुई जना र वडा नम्बर २, ४, १५ र १९ मा एक/एक जना संक्रमित भएका छन् । त्यसैगरी जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा एक जनामा संक्रमण देखिएको छ ।
उता बार जिल्लाको अमलेखगञ्जमा दुई जना, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा एक जना, सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ मा एक जना, करैयामाई गाउँपालिका वडा नम्बर ६ मा एक जना र कलैया उपमहानगरपालिकामा दुई जना संक्रमित भएका छन् ।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १ का एक जना संक्रमित भएको प्रवक्ता डाक्टर चौरसियाले बताए ।थपिएका संक्रमितहरु २१ वर्षदेखि ७५ वर्ष उमेर समुहसम्म रहेका छन् भने उनीहरुको सिटि भ्यालु २६ देखि ३५ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।