• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मटर तस्करी रोक्न खोज्दा असइ र जवानको हत्या

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार २१:५०
  • ४५४९

    वीरगंज | भारततर्फ मटर तस्करी भइरहेका बेला रोक्न खोजेपछि प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ । मटर तस्कर समूहले प्रहरीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

    धनगढी उपमहानगरपालिका–१० स्थित बनकट्टिघाटबाट शनिबार राति नेपालबाट भारततर्फ तस्करी भइरहेको मटर इन्चार्ज बिक र जवान साउदले नियन्त्रणमा लिन खोजेका थिए । नियन्त्रणमा लिन खोजेपछि तस्कर समूहले प्रहरीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताए । मटर तस्करी गरिरहेको बेला अवरोध गरेपछि प्रहरीको हत्या गरेको पक्राउ परेकाहरुले बयानका क्रममा खोलेका हुन् ।

    वनकट्टि घाटबाट तस्करी भइरहेको सूचना पाएर पुगेका सइ बिक र जवान साउदलाई घाटबाट करिब चार सय मिटरको दुरीमा रहेको उखुबारी छेउमा हत्या गरेर शव नदीमा फालेको पक्राउ परेकाहरुले स्वीकार गरेका प्रहरी उपरिक्षक देउवाले बताए । प्रहरीका अनुसार उनीहरुले फरुवालगायतका घरेलु हतियारको आक्रमणबाट प्रहरीको हत्या गरेको बताएका छन् । हत्यापछि शव घिसार्दै नेपाल–भारत सिमानास्थित मोहना नदीमा फालेको प्रहरीले जनाएको छ ।

    धनगढी–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिक र त्यहाँ कार्यरत प्रहरी जवान साउद शनिबार राति गस्तीमा गएदेखि बेपत्ता भएका थिए । बिकको शव आइतबार वनकट्टिघाटस्थित मोहना नदीको बीचमा फेला परेको थियो । बिकको शव फेला परेको स्थानबाट करिब तीन सय मिटरको दुरीमा नदीको बीच भागमा गाडेको अवस्थामा मंगलबार बिहान प्रहरी जवान साउदको शव फेला परेको छ । दुवै जनाको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ ।

    घटना योजनावद्ध रुपमा भएको प्रहरीको भनाइ छ । तीन महिनाअघि सरुवा भएर गएका इन्चार्ज बिकले तस्करी नियन्त्रणमा कडाइ गरेका थिए । स्थानीयका अनुसार तस्करी नियन्त्रणमा कडाइ गरेपछि उनी तस्करको निशानामा थिए । असइ बिक र जवान साउदको हत्यापछि राति तस्करहरुले करिब ५० बोरा मटर भारतीय गाउँ सलियापार पु¥याएको खुलेको छ । घटनास्थलमा छरिएका मटर देखेपछि प्रहरीले सोही आधारमा अनुसन्धान गर्दै जाँदा संलग्नहरु पक्राउ परेका हुन् ।

    भारतमा केही समययता मटरको माग उच्च छ । सोही कारण नेपालका विभिन्न नाका भएर भारतमा मटर तस्करी हुने गरेको छ । तेस्रो मुलुकबाट समेत आयात भएर मोटर नेपाल हुँदै भारत तस्करी हुने गरेको बताइन्छ । यसअघि टीकापुर र भजनीको नाका प्रयोग गरी मटर तस्करी हुँदै आएकोमा पछिल्लो केही समययता तस्करहरुले उपमहानगरपालिका–१०, को वनकट्टि घाटलाई प्रयोग गर्न थालेको बताइन्छ ।

    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार मटरसहितको डल्लप घाट नजिक पुगेका बेला प्रहरीले अगाडिबाट टर्च लगाएपछि तस्करहरु भागेका थिए । ‘प्रहरी के कति संख्यामा छन् भन्ने बुझेपछि भागेका तस्करहरु केहीबेरपछि सामान भएकै ठाउँमा आए र सामान छोड्न भनेर विवाद गर्न थाले । प्रहरीले छोड्न मानेन । माथि खबर गर्नुपर्छ भन्ने वित्तिकै जवानलाई लाठीले हाने । किन हानेको भनेर अइसले भन्दा उनलाई पनि प्रहार गरे । रातिको समय, प्रहरीले प्रतिकारै गर्न पाएन ।’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतले भने, ‘प्रहरीलाई मारेर नदीमा फालेपछि निर्धक्कसँग मटर पारी पु¥याएर फर्केछन् ।’

    पक्राउ परेका धनगढी उपमहानगरपालिका–१०, का पर्कु भनिने ३१ वर्षका रोहित राना, २० वर्षका राजेन्द्र राना, ३० वर्षका चोर भनिने सुरेश राना, २५ वर्षका गब्बर भनिने राजकुमार राना, २२ वर्षका रामनिवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना र २५ वर्षका गोपाल भनिने रामगोपाल रानालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । उनीहरुले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताए ।

    घटनास्थलको प्रकृतिका आधारमा प्रहरीले स्थानीयका घरमा छापा मारेको थियो । सो क्रममा स्थानीय व्यक्तिहरुको घरबाट बरामद भएका भिजेका मोवाइल र कपडाका आधारमा प्रहरीले हत्यामा संलग्न व्यक्तिहरु पक्राउ गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । घटनामा संलग्न केही व्यक्तिहरु फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको बिष्टले बताए ।

    पक्राउ परेकाहरु सबै तस्करीमा संलग्न रहदै आएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुले भारतबाट कपडा, खाद्यान्न, हार्डवेयर र इलेक्ट्रोनिकका सामान, गाडीका पार्टपुर्जालगायत सामान र नेपालबाट मटर तस्करी गर्दै आएको बिष्टले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑