• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७७, सोमबार ०६:२७
  • २५८५

    वीरगंज। कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना भएको उल्लेख छ ।

    प्रतिवेदनअनुसार बन्दाबन्दी (लकडाउन)को समयमा १३ वटा हत्याको घटना भएको उल्लेख छ । त्यस्तै, दलित युवतीमाथि चारवटा बलात्कारका घटना भएका छन् । आयोगको प्रतिवेदनअनुसार रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विश्वकर्माबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भलाई लिएर १० जेठ २०७७ मा स्थानीय गाउँलेको सामूहिक कुटपिटमा परेर नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढा मगर, सञ्जु विक र गोविन्द शाहीको सामूहिक हत्या भएको थियो ।

    त्यस्तै, ११ जेठ २०७७ मा रूपन्देही देवदह नगरपालिका–११ गुम्बीकी अंगिरा पासीको स्थानीय रोहिणी खोलाको किनारा नजिकको रुखमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो । स्थानीय युवा वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेकाले वडा अध्यक्षको उपस्थितिमा केटीको जिम्मा लगाइएको उल्लेख छ । अंगिराका बुबाले आफ्नी छोरीको हत्या भएको भन्दै उजुरी दिए पनि दर्ता नभएको प्रतिवेदनमा लेखिएको छ ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा भानाकोटकी १८ वर्षीया उर्मिला टमटालाई सोही गाउँका तिलक बटालाले विवाह गर्ने प्रलोभनमा यौन शोषण गरेर हत्या गरे । तर, सो घटनामा बटालालाई कारबाही भएको छैन । प्रदेश २ धनुषाको सबैला नगरपालिका–१२ बस्ने २२ वर्षीय शम्भु सदाको इलाका प्रहरी कार्यालयमा झुन्ड्याएर निर्ममतापूर्वक हत्या भएको आयोगको प्रतिवेदनमा जनाइएको छ । ्

    २६ जेठमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० का माधव मसुहर, जानकी मुसहर, पोषराज मुसहरलगायतको सामूहिक हत्या भयो । त्यस्तै, १४ जेठमा भारतको चेन्नईबाट फर्केका १६ वर्षीय राजु सदा क्वारेन्टिनमा झाडापखालाबाट ग्रस्त भएसँगै जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भयो ।

    ३१ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा आफूले मोहीस्वरूप पाएको जग्गा जोत्दा हत्या गरेर लास फालिएको अवस्थामा भेटियो । २७ असारमा सिरहाको लहान नगरपालिका–१ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २९ असारमा सप्तरीको शम्भुनाथ नगरपालिका–३ का ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको छ ।

    बन्दाबन्दीमा चार दलित युवतीमाथि बलात्कार
    मोरङको मिक्लाजुङ नगरपालिका–९ मा आफ्नै टहरमा सुतिरहेको अवस्थामा १४ वर्षीया बालिका बलात्कृत भइन् । बलात्कारको आरोपमा धीरेन मगरलाई गाउँलेहरूले पक्राउ गरेर प्रहरीमा बुझाउन खोज्दा धीरेनका आफन्तले आफंैले बुझाउने भन्दै भगाएका थिए ।

    त्यस्तै, धनकुटा नगरपालिका–६ आत्मारामाकी १३ वर्षीया दलित बालिका बलात्कारको सिकार भएकी थिइन् । बालिकाको गर्भमा ५ महिनाको गर्भ रहेको थाहा भएपछि स्थानीय जनामदन अधिकारी, गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरले पटक पटक जबर्जस्ती बलात्कार गरेको खुलेको थियो । उनीहरूले कसैलाई भने मार्ने धम्की दिएको र बालिकाका बुबालाई ३÷३ लाख रुपैयाँका दरले पैसा दिएर घटना लुकाउन खोजेको खुलेको थियो ।

    २ वैशाखमा कास्कीमा छिमेकी खुसबहादुर गुरुङले १० वर्षीया बालिकालाई मुख थुनेर बलात्कार गर्न खोजेको घटना सार्वजनिक भएको थियो । खुमबहादुरविरुद्ध २६ वैशाखमा बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–७ बडहराकी १५ वर्षीया किशोरी स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले सामूहिक बलात्कारको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । तर, बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑