वीरगंज। शनिबार साँझ वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका ५, बाराका ७ जना र सर्लाहीका १ जना गरी जम्मा १३ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेस कुमार चौरसियाले बताए ।पर्सा र बारामा शनिबार साँझ १३ जना संक्रमित थपिएका छन् ।
पर्साका विभिन्न ठाउँबाट संलकन गरिएको ५१ र बाराबाट संकलित ४८ जनाको शनिबार साँझ जम्मा ९९ जनाको स्वाब परिक्षण गरिएको थियो । थपिएका संक्रमितमध्ये ८ जना पुरुष र ५ जना महिला रहेका छन् ।
पर्सामा थपिएका ५ संक्रमित सबै वीरगञ्ज महानगरपालिकाका हुन् । वीरगञ्ज महानगरपालिका वडा नं. २ का १ जना र वडा नं. १० का १ जना संक्रमण देखिएको छ । बाँकी तीन जनाको ठेगाना खुल्न बाँकी रहेको छ ।
उता बाराको जीतपुर सिमरा उपमहानगर र बारागढीका बासिन्दामा संक्रमण देखिएको छ । जीतपुर सिमराको वडा नं. १ का २ जना, वडा नं. ३ का २ जना, वडा नं. १२ का १ जना र वडा खुल्न बाँकी अन्य एक पनि संक्रमित भएका छन् । एक जना भने बारागढी गाउँपालिकाको वडा नं. ४ का बासिन्दा हुन् ।
यस्तै बाँकी एक जना सर्लाहीको कबिलास नगरपालिकाका बासिन्दा रहेका छन् ।थपिएका संक्रमितहरुको सिटी भ्यालु १८ देखि ३२ सम्म रहेको र उमेर भने २४ देखि ५९ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले जानकारी दिए ।