प्रदेश-२ मा थप ३ कोरोना संक्रमितको मृत्यु, पर्सामा कोराना संक्रमणबाट ४७ जना
वीरगंज संजाल
२९ आश्विन २०७७, बिहीबार १९:४८
३१३७
वीरगंज | प्रदेशमा कोराना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजय झाले जानकारी दिए।
आज सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. २ बरमझियाका ४६ वर्षिय महिलाको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ का २५ वर्षिय पुरुषको भक्तपुर अस्पतालमा र पर्साको विरगंज महानगरपालिका वडा नं. २ का ४५ वर्षिय पुरुषको कोराना संक्रमणबाट मृत्यु भएको छ।
हालसम्म कोरोनाबाट सबैभन्दा बढि पर्सामा मृत्यु भएको छ।पर्सामा कोराना संक्रमणबाट ४७ जनाको मृत्यु भएको छ भने सप्तरीमा २२, धनुषा र बारामा १८-१८, महोत्तरीमा १६, सिरहामा १६, सर्लाहीमा १२, रौतहटमा ८ र एक भारतिय नागरिकको कोराना संक्रमणबाट मृत्यु भएको छ।
त्यस्तै आज प्रदेशभर थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १५ महिला र ८९ पुरुषगरि कुल १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
आज थपिएका संक्रमितसंगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय २५ पुगेको छ।आज सिरहामा सबै भन्दा बढि २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ।
त्यस्तै पर्सामा २४, धनुषामा १६, बारामा १४, सप्तरीमा १२, रौतहटमा ९, सर्लाहीमा ३ र महोत्तरीमा १ जनामा कोराना संक्रमण पुष्टि भएको निमित निर्देशक झाले जानकारी दिए।
त्यस्तै आज ६६ पुरुष र २५ महिलागरि ९१ जना कोराना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै निको हुनेको संख्या १२ हजार ५ सय ८६ पुगेको छ।