• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा थप २१ जनामा कोरोना संक्रमित पुष्टि

  • वीरगंज संजाल
  • २९ आश्विन २०७७, बिहीबार ०९:४४
  • ३५१३

    वीरगञ्ज । पर्सा र बारामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति १९२ जनाको थ्रोट स्वाबको परिक्षणको नतिजा आउँदा पर्सामा २१ र बारामा १३ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साका १५८ र बाराका ३४ जनाको परिक्षण गरिएको थियो ।

    पर्सामा संक्रमण पुष्टि भएकामध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार, वडा नम्बर ४, १५ मा दुईरदुई जना, वडा नामबार ७, ११, १४, १८ र २२ नम्बर वडामा एकरएक जना र वडा खुल्न नसकेको ४ जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताए । उनले वीरगञ्जमा थपिएका संक्रमित मध्ये ३ जना नेपाली सेनामा कार्यरत जवान रहेको जानकारी दिए ।

    त्यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ मा तिन र वडा नम्बर ५ मा एक जना संक्रमित थपिएका छन् । चित्र गुप्ता सेवा समितिद्धारा आज एक कार्यक्रमको आयोजना गरि मन्दिर सरफाई गरिएको छ । दशै दिपावली तथा छठको मध्य नजर मन्दिर सरफाई गरिएको हो । चित्र गुप्ता सेवा समितिका अध्यक्ष महेश दासको अध्यक्षतामा भएको कार्यक्रमको भएको हो । सो सरसफाई कार्यक्रमलाई संबोधन गर्दै वहाले सरफाई निरन्तर जाने प्रक्रिया रहेको बताउनु भयो । गीता मन्दिर रोड मर्मतको माग गर्दै वीरगञ्जका युवाहरुद्वारा चक्का जाम वीरगञ्ज २८ असोज ।

    वीरगञ्जको माईस्थानमा बुधबार युवाहरुले आधा घण्टा चक्का जाम गरेका छन् । माईस्थान क्षेत्रको विकासमा वीरगञ्ज महानगरपालिकाले चासो नदिएको भन्दै आक्रोशित भएका युवाहरुले चक्का जाम गरेका हुन् । माईस्थानका सचेत युवाहरु तथा वीरगञ्ज स्प्रिट क्लबका युवाहरुले गत असोज १९ गते माईस्थान क्षेत्रको विकासको सवालमा महानगरपालिकालाई गम्भीर हुनु पर्ने भन्दै मेयर विजयकुमार सरावगीलाई ज्ञापन पत्र बुझाएका थिए ।

    ज्ञापन पत्रमा माईस्थान क्षेत्रको सडक मर्मतको काम ७ दिन भित्र शुरु गर्ने पर्ने अल्टिमेटम दिइएको थियो । तर, सात दिन बितीसक्दा समेत महानगरपालिकाले भत्केका सडकहरुको मर्मत सम्भारको काम अगाडी नबढाएपछि बाध्य भएर सडम जाम गर्नु परेको युवाहरुले बताए । वीरगञ्जको माईस्थान गहवा मन्दिर पश्चिम पट्टी रहेको सडक तथा गीता मन्दिर सम्मको सडक पूर्ण रुपमा भत्किसकेको तथा जिर्ण भइसकेको अवस्थामा समेत महानगरले निर्माण कार्यमा ध्यान नदिएको स्थानिय युवाहरुको आरोप छ ।

    महानगरले सडक निर्माणको कार्यलाई यथाशिघ्र अगाडी नबढाए आन्दोलनलाई थप कडा पार्ने चेतावनी दिएका छन् । स्प्रिट क्लवका अध्यक्ष राजन गुप्ताको नेतृत्वमा नेविसंघका ठाराब एकाई अध्यक्ष मनोज साह, अमित चौरसिया, युवा व्यवसायी सन्तोष सर्राफ, अन्जन गुप्तालगायतका युवाहरुको समूहले चक्का जाम गर्दै बाटो समेत अवरुद्ध गरेका थिए । मेयर सरावगीलाई पटक(पटक समस्याको बारेमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभए पछि बाध्य भएर युवाहरु बिरोधमा उत्रिएको नेविसंघ एकाई अध्यक्ष मनोज साहले वताए ।

    बैरियामा निशुल्क आँखा शिविर, १ सय ४१ जनाको परिक्षण गर्दा ५३ जनामा मोतियाबिन्दु । वीरगञ्ज २८ असोज । पर्साको पोखरिया नगरपालिका वडा न. ९ बैरिया टोलमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जय मा सरस्वति बालक्लबको आयोजना र माट्रिका आइफाउण्डेशनको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । १ सय ४१ जनाको आँखा परिक्षण गर्दा ५३ जनामा मोतियाबिन्दु फेला परेको माट्रिका आइ फाउण्डेशनका नेत्र बिशेषज्ञ डा. महेशसिँह धामिले जानकारी दिनुभयो ।

    शिविरको उद्घाटन जनता समाजवादी पार्टीका नेता निजामोदिन समानीले गर्नुभएको थियो । शिविरको उद्घाटन गर्दै नेता समानीले निशुल्क आँखा शिविरले गरीब तथा विपन्न जनताहरुको आँखा परिक्षण तथा उपचारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिविरमा बालक्लबका पदाधिकारी, फाउण्डेशनका डाक्टरहरु, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑