• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डब्ल्यूएचओले तोकेको अनुसार सुरक्षा छ

  • वीरगंज संजाल
  • २९ आश्विन २०७७, बिहीबार ०१:०२
  • २०१३

    वीरगंज | विभिन्न सञ्चारमाध्यममा यस अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही तथा भर्ना भएका बिरामीहरूको भिजिटर र निजहरूले बोकेर ल्याउनसक्ने संक्रमणलाई अत्यन्त वैज्ञानिक ढंगबाट व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने हुन्छ, जसले गर्दा भर्ना भएका बिरामीहरूमा कोभिडको प्रभाव नपरोस् ।

    नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालमा रहेका नन्कोभिड बिरामीलाई संक्रमणबाट पूर्णरूपमा सुरक्षित राख्न सकियोस् भन्नेमा हामी सजग छौं । यस्ता, नन्कोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तर्राष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामग्रीहरू प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ ।

    त्यसका लागि अन्तर्राष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसनको उपलब्धता, प्रत्येक भिजिटरहरूलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल सु कभर आदिको प्रयोग गर्न लगाउने, ह्यूमन टच प्वाइन्ट(मानिसहरूले बढीभन्दा बढी छुनसक्ने ठाउँ)लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरूलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरूबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरूको प्रयोग गरिएको छ ।

    यी सबै प्रयासहरूका लागि ठूलो धनराशि खर्च हुन्छ, जसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव छ । अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं । यो हाम्रो रहर नभई बाध्यताको रूपमा बुझिदिन अनुरोध गर्छौं ।हामीले कोभिड संक्रमणको शंका भएका डाक्टर, नर्सिङ स्टाफ र अन्य सेवाकर्मीहरूलाई तत्काल आइसोलेसनमा राख्नुपर्ने व्यवस्था मिलाएका छौं, जसले गर्दा बिरामीहरूलाई कुनै पनि प्रकारको संक्रमण नसरोस् । यसले दोहोरो, तेहेरो अतिरिक्त जनशक्ति प्रयोगमा ल्याउनुपर्ने जटिल अवस्था सिर्जना भएको छ ।

    कोभिडको संक्रमण काठमाडौंमा समुदायस्तरमा फैलिएको बेलामा पनि हामी नर्भिक नन्कोभिड अस्पतालभित्र भएका बिरामीहरूलाई संक्रमणमुक्त राख्न सफल भएका छौं । यसको एक मात्र प्रमुख कारण, हामीले अपनाएका सुुरक्षा अवधारणा र उपायहरू नै हुन् । त्यसकारण यो शुल्कलाई बिरामीहरूको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अनुरोध गर्छाैं ।नर्भिक क्रिटिकल केयरका लागि सबैभन्दा विश्वसनीय थलो हो भन्ने कुरा आम समुदायको बुझाइ छ र हाम्रो विशेषज्ञता भन्नु नै क्रिटिकल केयर म्यानेजमेन्ट हो, यसमा हामीलाई गर्व छ । क्रिटिकल बिरामीहरूमा संक्रमण झनै चाँडो हुने संभावना रहन्छ । हाम्रा बिरामीहरूलाई संक्रमणमुक्त राख्ने काम अहिलेको बेलामा हाम्रा लागि ठूलो चुनौती बनेको छ ।

    हामीले अहिलेसम्म त्यो चुनौतीलाई सामान गर्दै आइरहेकै छौं । हाम्रो यो दृढ संकल्प र प्रयासले यहाँ भर्ना हुने बिरामीहरूलाई संक्रमणमुक्त राख्न सकिएको छ । यो कार्यमा हामीले सबै मिडियाकर्मी, आम जनसमुदायको सद्भावको अपेक्षा गरेका छौं । जसले गर्दा हामीलाई क्रिटिकल बिरामीहरूलाई सही ढंगले सेवा गर्न ऊर्जा प्राप्त होस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑