पर्सा । सखुवाप्रसौनी गाउँपालिका वडा १ मा एहि २६ गतेका गाउँपलिका स्तरीय सदस्यहरुको आफू खुशी सपथ ग्रहण गरेको कार्यक्रमलाई प्रेस विज्ञप्ती मार्फत जिल्ला कार्य समिति पर्सा सदस्य लाल बिहारी रामले बिरोध जनाएको छ।
उहाँको भनाई अनुसार नेपाल कम्युनिस्ट पार्टी प्रदेश न : २ बाट ५१ जना सदस्यहरुको नामवली जिल्ला कार्य समितिमा पठाएकोल र ५१ जना मध्ये २६ जना नेपाल कम्युनिस्ट पार्टी गाउँ इकाई समितिले आफनो पक्षका
सदस्यहरूलाई मात्र सपथ ग्रहण गराएकोले पुर्व माओबादी पक्षका बाकी रहेको २५ जना सदस्यहरूलाई सपथ ग्रहण नगराएकोले केन्द्रिय समिति ,प्रदेश २ कार्य कमिटी र जिल्ला कार्य समिति पर्सालाई २५ जना कमरेडहरु तटस्ट बसी जिल्ला कार्य समिति सदस्य लालविहारी रामले प्रेस विज्ञप्ति मार्फत बिरोध जनाएको छ।