• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाइरस नेपाल: सरकारी नियमविपरीत किन खुले प्रदेश नं २ मा विद्यालयहरू

  • वीरगंज संजाल
  • २७ आश्विन २०७७, मंगलवार २२:१०
  • ३१८५

    वीरगंज | कोरोनाभाइरस फैलिने क्रम नरोकिएको र सरकारले विद्यालयमा प्रत्यक्ष रूपमा पठनपाठन सञ्चालन नगर्ने मापदण्ड बनाएको भए पनि प्रदेश नं २ का कतिपय जिल्लाका विद्यालयहरू अहिले पनि सञ्चालनमा रहेको विद्यालय सञ्चालक र अभिभावकहरूले बताएका छन्।

    सरकारले हाल वैकल्पिक पद्धतिका माध्यमबाट मात्र पठनपाठन गराउन निर्देशिका जारी गरेको छ। तर त्यसलाई बेवास्ता गर्दै प्रदेश नं २ का कतिपय विद्यालयले प्रत्यक्ष पठनपाठन सुरु गरेका हुन्।

    उनीहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेका स्वास्थ्य मापदण्ड पालन गरेर पठनपाठन सुरु गरिएको दाबी छ। कतिपय अन्य विद्यालयहरू पनि खुल्ने क्रममा रहेको बताइएको छ।

    प्रदेश नं २ मा अहिलेसम्म १६,००० भन्दा बढी सङ्क्रमित फेला परेका छन्। त्यहाँका आठ जिल्लामा अहिले पनि १,१०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने १४० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ।

    महामारीका बेला वैकल्पिक विधिबाट गराइएको पठनपाठन प्रभावकारी नभएको तथा सबै विद्यार्थीको प्रविधिमा सहज पहुँच नभएको हुनाले प्रत्यक्ष रूपमा विद्यालय खोल्नुपरेको उनीहरूको तर्क छ।

    के भन्छन् अभिभावक?

    कतिपय अभिभावकहरू वैकल्पिक वा प्रत्यक्ष अध्यापन दुवै माध्यममा आफ्ना बालबालिका मारमा परेको बताउँछन्।बाराको सिमरा डुमरवानाकी अम्बिका खतिवडा भन्छिन्,”(बिजुलीको) लाइन छैन, घरमा जति केटाकेटी छन् उत्तिकै सङ्ख्यामा मोबाइल फोन चाहिने भयो। यो वैकल्पिक पठाइ भन्ने हुनेखानेका लागि त ठिकै होला तर हामीजस्तालाई त मर्का परेको छ।”

    प्रदेश नं २ का केही जिल्लामा विद्यालयमै पठनपाठन सुरु भएको छ

    “अर्कोतिर स्कूल त खुलेको छ। त्यहाँ पनि सबैतिरबाट केटाकेटी आएका हुन्छन्। सुरक्षा अपनाइन्छ भन्ने ग्यारेन्टी छैन। बच्चा सानो छ, हात धुनु भनेर कसरी सिकाउने त्यसैले मैले त स्कूल नै पठाएको छैन।”

    अभिभावक सङ्घ पर्साका अध्यक्ष अमर गौतम चाहिँ विद्यार्थीको पढाइ एक वर्ष नै बर्बाद हुन लागेको भन्दै सधैँ विद्यालय बन्द गर्नु उपयुक्त नहुने बताउँछन्।

    उनले भने, “अबका दिनमा कोरोनाभाइरको महामारी भनेर बन्द गरेर बस्न सकिँदैन। यसबाट बच्ने उपाय र सावधानी अपनाएर विद्यालय खोलेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनेतर्फ लाग्दा ठिक हुन्छ।”

    “सरकारले लकडाउन गरेर केही तयारी गरेन। वैकल्पिक शिक्षा भनेर उर्दी मात्र जारी गर्‍यो। सबै क्षेत्र सञ्चालनमा आइसके अनि विद्यालयले मात्र कोरोनाभाइरस फैलिने हो र?”

    विद्यालय सञ्चालकका तर्क कस्ता?

    वैकल्पिक शिक्षा खासै प्रभावकारी नभएकाले कारण सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको निजी विद्यालहरूको सङ्गठन प्याब्सन वीरगन्जका अध्यक्ष आलोक चौरसियाले बताए।

    उनी भन्छन्, “छिमेकी जिल्लामा विद्यालय खुलेका छन्। त्यसैले विभिन्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न सकिन्छ भन्ने निष्कर्षका साथ आगामी कार्तिक ११ गतेदेखि पर्सामा पनि सञ्चालन गर्ने निर्णय गरेका छौँ।”

    उनले विद्युत् आपूर्तिमा समस्या हुँदा र इन्टरनेटको समस्याले अनलाइन कक्षामा बालबालिकाको सहभागिता कम भएको बताए।

    सबै विद्यार्थीलाई शिक्षाबाट वञ्चित नगराउने हो भने विद्यालय खोल्नुपर्ने उनको तर्क छ।

    प्याब्सन बाराका अध्यक्ष हरिदेव खरेलले राहतका भरमा जीविका चलाउनुपर्ने अभिभावकले विद्यालय खोलेको बताए। महँगो मोबाइल किनेर बच्चालाई पढाउने अवस्था नभएकाले त्यस्ता परिवारका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिनका लागि पनि सुरक्षा मापदण्ड अपनाएर विद्यालयमा पढाउनुपर्नेमा उनको जोड छ।

    खरेलले यही असोज १ गतेदेखि आफ्नो विद्यालय सञ्चालनमा आएको जानकारी दिए।

    उनले अन्य विधिका साथसाथै कुनै उपाय नहुनेका लागि विद्यालय खोलिएको र त्यो सरकारी निर्देशिका अनुसार नै गरिएको दाबी गरे।

    पर्साको बहुदरमाई नगरपालिकास्थित हाल पठनपाठन भइरहेको एक विद्यालयका प्रधानाध्यापक बालकुमार यादव भन्छन्, “विद्यालय सञ्चालन नहुँदा अभिभावकहरूले बालबालिका बिग्रिएको गुनासो गर्नुभयो। उहाँहरूले नै विद्यालय खोल्न दबाव दिनुभयो। त्यसैले सामाजिक दूरी कामय गरेर हामीले विद्यालय चलाएका हौँ।”

    खोल्नै परे के गर्ने?

    पर्साको पटेर्वा सुगौली गाँउपालिकाकी उपप्रमुख ममता महतो चाहिँ हाल वैकल्पिक विधिबाट मात्र पठनपाठन भइरहेको बताउँछिन्।

    उनले भनिन्, “टोलटोलमै गएर विद्यार्थी पढाउने काम भइरहेको छ। किनकि अहिलेकै अवस्थामा विद्यार्थीलाई विद्यालय बोलाउनु ठिक हुँदैन। छठपछि विद्यालय खोल्ने कि अहिले नै भन्ने निर्णय भइसको छैन।”

    अहिले खुलेका विद्यालयमा भौतिक रूपमा विद्यार्थी उपस्थित भएमा सङ्क्रमणको जोखिम बढ्ने एक चिकित्सक डा. निरज सिंह बताउँछन्।

    उनी विद्यालय खोल्नै पर्ने अवस्थामा पनि स्वास्थ्य मापदण्ड पूर्ण पालन गर्न आग्रह गरे।

    सङ्क्रमणको जोखिम अझै पनि रहिरहेकाले तत्कालै विद्यालयहरू सञ्चालन गर्न दिन सक्ने अवस्था नरहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑