वीरगंज। अब पेन्सन लिने कर्मचारीलाई सहज हुने भएको छ ।महालेखा नियन्त्रक कार्यालयले त्यस्ता व्यक्तिले अर्धवार्षिक रुपमा बैंक खाता सक्रिय गर्नुपर्ने व्यवस्थालाई सहज बनाउँदै मंसिर मसान्तसम्मका लागि त्यस्तो खाता आफैँ सक्रिय गराइदिने जनाएको छ ।
सरकारका निवृत्त कर्मचारीले प्रत्येक ६/६ महिनामा बैंकमा आफैं उपस्थित भएर बैंक खाता सक्रिय गराउनुपर्ने व्यवस्था छ ।
सक्रिय बैंक खातामा मात्रै पेन्सन रकम जम्मा गरिन्छ । पेन्सनको अपचलन हुन नदिन र निवृत्तिभरक जीवित रहेको प्रमाणका लागि यस्तो व्यवस्था गरिएको हो ।