• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मध्यरातमा डा. केसी र सरकारबीच भएको सम्झौतापत्रमा के छ ?

  • वीरगंज संजाल
  • २५ आश्विन २०७७, आईतवार ०१:३२
  • ३५९७

    २७ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच २४ असोजको मध्यरातमा वार्ता सहमतिमा टुङ्गिएको छ । योसँगै हुम्लाबाट २७ दिनअघि अनसन सुरु गरेका डा. गोविन्द केसीले २५ असोजको विहान साढे ९ बजे आफ्नो अनसन तोड्ने भएका छन् ।

    चिकित्सा शिक्षा तथा यस क्षेत्रको सुधारको माग राख्दै डा. केसी २७ दिन यता अनसनमा थिए ।शनिबार दिनभर डा. केसी र सरकारी पक्षका वार्ता टोलीबीच छलफल भएपछि ८ बुँदे सहमति पत्रमा डा. केसी र सरकारी पक्षको वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।

    सरकारले बिहीबार डा. केसीसँग वार्ताका लागि टोली गठन गरेको थियो । तर, सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीबीच शुक्रबार वार्ता निराशाजनक भएको थियो । शनिबार विहानै डा. गोविन्द केसी पक्षको वार्ता टोलीले सरकारले डा. केसीको स्वास्थ्यमाथि गम्भीर नभएको आरोप लगाउँदै विज्ञप्ति निकालेको थियो ।

    शनिबार नै शिक्षामन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ यो वार्ता टोलीसहित छलफलका लागि पुगेका थिए । त्यसपछि बसेको वार्ता सकारात्मक भएको हो । अन्ततः शनिबार मध्यरातमा नै डा. केसी र सरकारी टोलीबीच सहमति पत्रमा हस्ताक्षर पनि भएको छ ।

    सहमति के के बुँदामा भएको छ भन्नेबारे चर्चा गरौँ ।सहमति पत्रको पहिलो बुँदा सरकारी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना सम्बन्धमा रहेको छ ।

    बुँदामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवं जनशक्तिको प्रबन्ध गरेर आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलायतका शैक्षिक कार्यक्रम सन्चालन गर्ने, सुदूरपश्चिम प्रदेशको गेटामा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा २०८० फागुन १० गतेभित्रै एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सन्चालन गर्ने, बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिगष्ठानमा हाल स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुचारु रहेकोमा निर्धारित समयमा नै एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सन्चालन गर्न पर्याप्त बजेट विनियोजन गर्ने, भौतिक तथा शैक्षिक पूर्वाधारको विकासलाई तीव्रता दिने, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि निर्धारित समयमा नै एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सन्चालन गर्ने, डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन भइ प्रतिवेदन प्राप्त भइसकेकाले सो प्रतिवेदन बमोजिम एक वर्षभित्र अगामि प्रक्रिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अघि बढाउने, प्रदेश २ को सप्तरीमा रहेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिने रहेको छ ।

    त्यस्तै, सहमतिको दोस्रो बुँदामा कोभिड १९ को उचित व्यवस्थापनका लागि पिसिआर परीक्षण विस्तार गर्ने साथै कोभिड तथा अन्य रोगको उचित उपचारका लागि आवश्यकता अनुसार सरकारी अस्पतालहरुको क्षमता विस्तार गर्ने उल्लेख गरिएको छ ।

    सहमतिको तेस्रो बुँदामा बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गनै बजेटको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

    सहमतिको चौथो बुँदामा विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पादधिकारी मापदण्ड निर्धारण समिति तथा कार्यदलले दिएको सुझाव अनुरुप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्थाका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयकमा उक्त सुझावहरुलाई समेट्न तीन साता भित्र मस्यौदा तयार गर्ने उल्लेख गरिएको छ ।

    त्यस्तै, सहमतिको पाँचौ बुँदामा सरकार र प्राडा गोविन्द केसीबीच २०७५ साल साउन १० गते भएको सम्झौतालाई पालना गर्ने उल्लेख गरिएको छ ।

    त्यस्तै, छैटौ बुँदामा माथिका सहमतिहरुमा लेखिएको बाहेकका विषयमा सम्बन्धित निकायले सहयोग गर्ने उल्लेख गरिएको छ ।

    सहमतिको सातौँ बुँदामा सहमतिमा भएका बुँदाहरु कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने उल्लेख गरिएको छ ।

    अनि सहमतिको आठौं बुँदामा शनिबारदेखि नै प्राडा गोविन्द केसीले अनसन तोड्ने उल्लेख गरिएको छ ।

     

    •  प्रकाशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑