वीरगंज। अर्मेनिया र अजरबैजान बितेको केहि दिन यता युद्ध गरिरहेका थिए । अब दुबै देशले संघर्षबिरामको तयारी थालेका छन् ।उनीहरुले यस युद्धमा मरेका सैनिकहरुको शव आफ्नो आफ्नो देशलाई फिर्ता गर्ने बताएका हुन् ।
रुसी विदेश मन्त्री सर्गेई लावरोवले अर्मेनिया र अजरबैजानले गरेको संघर्षबिरामको समर्थन गरेका छन् ।
उनले नागोर्नो-काराबाख क्षेत्रमा अजरबैजानी र अर्मेनियाली सेनाको बीचमा भएको युद्धबाट मारिएको मानिसको शव र कैदीहरुको पनि आदान प्रदान गर्न सुझाएका छन् ।
२७ सेप्टेम्बरबाट जारी अर्मेनिया र अजरबैजानको युद्धमा २०० भन्दा धेरैको ज्यान गएको बताइएको छ भने ९० जना भन्दा धेरै घाईते भएका छन् ।
ऐजन्सीको सहयोगमा