२० जुलाई १९६९ मा चन्द्रमामा पहिलो पटक आर्म स्ट्रङ्ग, माइकल कोलिन्स र एडविन एल्ड्रिनले पाइला टेकेका थिए । अमेरिकी अन्तरिक्ष संस्था नासाको एपोलो-११ बाट उनीहरुले चन्द्रमामा पाइला राखेका थिए ।
नासाले केही तस्बिर सार्वजनिक गरेको छ, जसमा चन्द्रमाको एक पक्षमा अध्यारो छ । जहाँ नयाँ रहस्या लुकेको छ । त्यही अध्यारो क्षेत्रमा एलियनको प्राचिन शहर रहेको दावी गरिएको छ ।
मिररको एक प्रतिवेदन अनुसार नासाले सार्वजनिक गरेका केही तस्बिरमा चारकुने चट्टान पनि चन्द्रमामा देखिन्छ । जसलाई पुराना घर लगायत भौतिक संरचनाका प्रमाणका रुपमा लिन थालिएको छ । तर अहिले एलियन त्यहाँ नभएको अनुमान गरिएको छ ।
स्कट सी वारिगंले आफ्नो सिद्धान्तमा लेखेका छन्, धेरै अध्यारो क्षेत्रमा धेरै बस्तुहरु समकोण छन् । संरचनाहरु पनि देख्न सकिन्छ । केही संरचना हेर्दा जहाज आधा हिस्सा मात्र बाँकी देख्न सकिन्छ । अध्ययन गर्दा दुखद घटनापछि बाहिर निस्किन नसकेको जस्तो देख्न सकिन्छ ।
वैज्ञानिकहरुका अनुसार प्राचिन एलियन शहरमा एक बंदरगाह पनि समावेश हुन सक्छ । तर केही सिद्धान्तकारले भने अहिले पनि चन्द्रमामा एलियन हुनसक्ने दावी गरेका छन् । तर वैज्ञानिक तरिकाले भने अहिलेसम्म यो कुराको पुष्टि हुन सकेको छैन ।
एलियन (Alian) भन्नाले पृथ्वी भन्दा बाहिरी अन्य ग्रहका जीव जन्तुहरूलाई बुझिन्छ।वास्तवमा एलियनहरू कहाँ?,कस्तो?,कत्रो?,कसरी रहेको छ? भन्ने कुरा आजसम्म पनि विज्ञानको क्षेत्रमा रोचक रहेको छ।