वीरगंज | गत बर्ष पहिलो निर्यात योग्य बस्तु बनेको प्रशोधित पाम आयलको निर्यात चालु आवमा भने ह्वात्तै घटेको छ । चालु आवको पहिलो दुई महिना (साउन र भदौ) मा यो तेलको निर्यात झण्डै १०० प्रतिशतले घटेको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकले यस्तो देखाएको हो । केन्द्रका अनुसार दुई महिनामा ४ लाख ४३ हजार रुपैयाँको मात्र पाम आयाल निर्यात भएको छ ।
गत आवको सो अवधीमा भने ३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँको ३ करोड ५७ ला ६ हजार ९८८ केजी पाम आयाल निर्यात भएको थियो ।
गत आवमा भने १८ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बराबरको १६ करोड ९९ लाख ८१ हजार केजी पाम आयाल निर्यात भएको थियो ।
बिशेष गरि कोरोना भाइरसले गर्दा यो बर्ष पाम आयालको निर्यात घटेको हुन सक्ने बताइएको छ । त्यसपछि भारतले पाम आयालको आयातमा बिभिन्न शर्त लगाएको छ भने बीच बीचमा प्रतिवन्ध पनि लगाउँदै आएको छ । फलस्वरुप नेपालदेखि यसको निर्यात घटेको हो ।
नेपाली व्यवसायीहरुले मलेसिया लगायतका मुलुकबाट पाम आयालको कच्चा पदार्थ आयात गरेर त्यसलाई प्रशोधन गरि भारत तर्फ निर्यात गर्दै आएका छन् ।