• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना जोखिमको कारक होम आइसोलेसन

  • वीरगंज संजाल
  • २२ आश्विन २०७७, बिहीबार ०७:३०
  • २६६५

    वीरगंज | संघीय राजधानी काठमाडौंलाई कोरोना जोखिमबाट जोगाउन मुस्किल पर्न थालेको छ । राजधानीमा दैनिक करिब एक हजारको संख्यामा संक्रमित थपिन थालेपछि १८ स्थानीय निकायलाई कसरी संक्रमितको दर घटाउने भन्ने विषयमा हम्मेहम्मे पर्न थालेको हो ।
    विशेष गरी काठमाडौं र ललितपुर महानगरमा मात्रै संक्रमितको संख्या १४ हजारको हाराहारीमा पुगिसकेको छ । यसको एउटै मात्र मुख्य कारण होम आइसोलेसनमा बसेका संक्रमितहरु जताततै डुल्दै हिँड्नु । स्थानीय तहले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको दाबी गरे तापनि पछिल्लो समयमा त्यो काम पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

    चिनेजानेका र उपल्लो ओहोदामा रहेका व्यक्तिसँग नजिक भएकालाई चासो दिएर सोध्ने गरे पनि सामान्य व्यक्तिको बारेमा कुनै चासो लिने गरेको छैन । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर स्थानीय तहका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले धान्न नसक्ने भएपछि कोरोना संक्रमितको अवस्थाबारे गम्भीर हुन नसकेको हो ।सरकारले लक्षण नदेखिएका व्यक्तिलाई परीक्षण नगर्न र देखेका व्यक्ति सकभर होम आइसोलेसनमा बस्न आग्रह गरेपछि उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएको हो । विशेष गरी स्वास्थ्य मापदण्ड पूरा नगरी मास्कबिना नै जथाभावी हिँड्ने, भीडभाडामा सहभागी हुनाले समस्या बढेको देखिएको छ ।

    एक संक्रमितले नेपाल समाचारपत्रसँग भने– ‘मलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेको छु । तर मलाई तपाईंको अवस्था कस्तो छ भनेर अहिलेसम्म एक कल पनि आएको छैन ।’ ‘म त एक प्रतिनिधि पात्र मात्र हुँ, मजस्ता यस्ता सयौं व्यक्तिको अवस्था त्यस्तै छ।’ –उनले भने ।कसैले सोर्सफोर्स लगाए वा भनसुन गरे उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र कोही नभएका व्यक्तिलाई जस्तो परिस्थिति आएपछि एक कल फोन नगर्ने परम्परा बढेको छ । कोरोना संक्रमित देखिएका व्यक्तिको बारेमा अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी दिने गरेको छ । महाशाखाले ती व्यक्तिको अवस्थाबारे जानकारी लिन जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क नम्बरसहितको विवरण पठाउने व्यवस्था छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय निकायलाई संक्रमितको ठेगाना र सम्पर्कसहितको विवरण पठाउने व्यवस्था छ । स्थानीय निकायले वडाअन्तर्गत सबैको अवस्थाबारे जानकारी लिने गरेको दाबी गरेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना संक्रमणको विषयमा जनताले आफै चासो राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘होम आइसोलेसनमा बसेकाहरु आफैले निको भएको भन्दै हिँड्ने गरेको विषयमा स्थानीय तहले अनुगमन गर्नुपर्छ।’ ‘हामीले उपत्यकाका १८ वटै स्थानीय निकायलाई कोरोना संक्रमण रोकथाम गर्न सबै उपाय अवलम्बन गर्न आग्रह गरेका छौं, अब उहाँहरु आफै सचेत भएर आफ्ना जनताको जीवन बचाउन लाग्नुपर्छ।’ –उहाँले भन्नुभयो ।

    सबैभन्दा गम्भीर गल्ती संक्रमण हुन सक्छ भन्दा पनि बुझ पचाएर मास्क नलगाउनेको संख्या बढ्दै गएको देखिएको उहाँको भनाइ थियो । उहाँले मास्क लगाउन, पटकपटक हात धुन वा सेनिटाइजर लगाउन, स्वास्थ्य मापदण्ड पूरा गर्न, भीडभाडमा जाने बानी हटाउन आग्रह गर्नुभयो । यसो गर्न सकिएन भने उपत्यकाको अवस्था झन् जटिल हुन सक्ने उहाँको आकलन थियो ।जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले महानगरपालिकाको कोभिड समितिमा सबै विवरण पठाएर उनीहरुको सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गर्न निर्देशन दिने गरेको बताउनुभयो ।

    पछिल्लो समय होम आइसोलेसनमा बसेका व्यक्ति स्थानीय तहको स्वीकृति विना नगेटिभ रिपोर्ट नआईकनै हिँड्ने गरेको गुनासो कार्यालयलाई आउने गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘हामी तपाईंले उठाएको विषयमा गम्भीर छौं, तत्काल कार्यान्वयन गर्न स्थानीय निकायलाई निर्देशन दिनेछांै ।’उहाँका अनुसार पछिल्लो समय ललितपुर जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि स्थानीय निकायलाई विशेष निर्देशन दिएको बताउनुभयो । मंगलबार भएको बैठकले कन्ट्रयाक्ट ट्रेसिङ र होम आइसोलेसनमा बसेका संक्रमितको अवस्थाबारे पूर्ण जानकारी दिन निर्देशन दिएको जिल्ला जनस्वास्थ्य प्रमुख गेलालको भनाइ थियो ।

    ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले सबै संक्रमितको अवस्थाबारे जानकारी लिने गरेको दाबी गर्नुभएको छ । उहाँले होम आइसोलेसनमा बसेका व्यक्ति आफै संक्रमित मुक्त भए भनेर हिँड्ने गरेको सूचना आउन थालेको बताउँदै यस विषयमा महानगर गम्भीर रहेको बताउनुभयो ।अहिले यस्तै घटना नहोस् भनेर स्थानीय जनप्रतिनिधिसहितको ४५ जना स्वयंसेवक रहेको केस फलोअप टिम बनाएका र त्यो टिमले यस्ता विषयमा अध्ययन गर्ने महानगरले बताएको छ । उहाँले पछिल्लो समय होम आइसोलेसनमा रहेका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ हुन नसकेको भन्ने विषयमा सबै वडाका प्रतिनिधिसँग बसेर छलफल गर्ने तयारी भइरहेको बताउनुभयो ।

    काठमाडौं महानगरपालिकाका कोभिड सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले महानगरले सबै वडामा कन्ट्रयाक्ट ट्रेसिङ गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको रिपोर्टको आधारमा ट्रेसिङमा परेका सबैको स्वाब परीक्षण गर्ने गरेका छौं ।’ पछिल्लो समय कामपाले दाबी गरेजस्तो स्वाब परीक्षण र होम आइसोलेसनमा बस्नेको अनुगमन गर्ने कार्य पूर्णरुपमा गरेको छैन ।
    लक्षण नभएका र होम आइसोलेसनमा बसेका संक्रमितहरु निर्बाधरुपमा विभिन्न ठाउँमा डुल्दा पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन । कामपा जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले कुनै अस्पताल र केही निजी ल्याबले परीक्षण गरी पाजेटिभ देखिएका संक्रमितको विवरण नपठाइदिँदा समस्या भएको स्वीकार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘यस्ता केही घटना आएका छन्, यो विषयमा गम्भीर छलफल भइरहेको छ ।’ संक्रमितको संख्या दैनिक हजारको पुग्दाखेरि व्यवस्थापनमा केही समस्या भएको कामपाको भनाइ छ । विभाग प्रमुख कुँवरले संक्रमितले स्वास्थ्य मापदण्ड पालना नगरी आफूखुसी हिँडेका कारण समस्या भएको बताउनुभयो । कामपा कोभिड सम्पर्क अधिकृत ओलीले सम्पर्क नभएका र संक्रमितहरु खुलारुपमा हिँडेको विषयमा महानगरले कडाइका साथ अनुगमन गर्ने बताउनुभयो ।तर कोरोना संक्रमणको शुरुआती चरणमा स्थानीय निकायले कन्ट्रायाट ट्रेसिङ गरी सयौको संख्यामा स्वाब परीक्षण गरे पनि अहिले त्यसमा कमी आएको छ । सरकारलाई पछिल्लो समय राजधानीलाई कोरोना संक्रमणको हटस्पटबाट कसरी जोगाउने भन्ने विषयमा चुनौती थपिएको छ ।

    सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजधानीवासीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाबाहिरका जनतालाई अत्यावश्यक कामबाहेक राजधानी नआउन आग्रह गरिसक्नुभएको छ । त्यति मात्र होइन सरकारले जो जहाँछन् त्यही ठाउँबाट दशैंतिहारलगायतका चाडपर्व मनाउन आग्रह गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑