वीरगंज |नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका ४, ओखलढुंगाका ४, खोटाङका ३, झापाका २२, धनकुटाका ३, भोजपुरका २, मोरङका ३२२, संखुवासभाका ३, सुनसरीका १९३ जनामा कोरोना संक्रमण भएको छ।
यस्तै धनुषाका १८, पर्साका १५, बाराका १३, महोत्तरीका ५, रौतहटका ३४, सप्तरीका ३३, सर्लाहीका १७, सिरहाका १५, काठमाडौँका १२९६, काभ्रेका ५१, चितवनका १३१, दोलखाका ६, धादिङका १०, नुवाकोटका ९, भक्तपुरका ९५, मकवानपुरका ९९, रामेछापका ८, ललितपुरका २९३, सिन्धुपाल्चोकका ११ र सिन्धुलीका ३० जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका ३४, गोर्खाका १३, तनहुँका १३, नवलपरासीपूर्वका १७, पर्वतका ३, म्याग्दीका २, लमजुङका १९, बागलुङका ३४, स्याङ्जाका ३, अर्घाखाँचीका २, कपिलवस्तुका ३३, गुल्मीका ९, दाङका २४, नवलपरासीका १८, पाल्पाका १९, प्यूठानका ३, बर्दियाका २२, बाँकेका १०६, रुकुमपुर्वका १, रुपन्देहीका १३०, रोल्पाका २, कालिकोटका १, डोल्पाका १, दैलेखका ५, रुकुमपश्चिमका ३, सल्यानका ९, सुर्खेतका ७८, अछामका ५, कञ्चनपुरका ४, कैलालीका २५, डडेल्धुराका १, डोटीका ३, दार्चुलाका ४८, बझाङका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय २६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। हाल ४ हजार १६४ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २३३ जनाको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।