विरगंज । कृष्णा कुशवाहा।पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वार्ड नम्बर ०३ टोल पकहाका गाउँबासीहरुले मिली चन्दा संकलन गरी मसान घाटका लागि जग्गा किनेका छन्।
वर्षो देखि पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ०३ टोल पकाहामा शव अन्त्येष्टि गर्न जग्गा नभएर दुःख खेप्नु परेको थियो।
जग्गा नभएका कारण बाटोको छेउमा शव अन्त्येष्टि गर्नु परेको थियो। जस कारण बाटो भएर आउने जाने ब्यक्तिहरुलाई धेरै समस्या भइरहेको थियो।
गाउँ बासीहरुले चन्दा संकलन गरेर रु.(६०५०००) छ लाख पाँच हजारमा क्षेत्रफल ०-२-१० को जग्गा मसान घाटको लागि किनेर एउटा नौलो काम गरेका छन् । उक्त मसान घाटको नाम स्वर्गलोक आसमा सान घाट राखेका छन् ।