• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गोदाममा राहत, पीडितलाई आहत

  • वीरगंज संजाल
  • Aug 18, 2019, 4:03 am
  • ४८३७

    मलंगवा : महिना दिनअघि गाउँमा बाढी पसेपछि बाँधमा आ श्रय लिएका सर्लाही धनकौल-३ ढावटोलका जदु महतो राहतको पर्खाइमा छन् । बाढीले घर, अन्न, लत्ताकपडा सबै नष्ट गरेपछि राहत कहिले आउला र बालबच्चालाई पेटभर खुवाउने कल्पना गर्दै बसेका छन् उनी । मनुष्मारा खोलाको पानी गाउँमा पसेपछि ७६ घरपरिवार बाँधमा बस्न बाध्य भए । १५ दिनसम्म बाँधमा बसेका बाढीपीडितले अहिलेसम्म राहत नपाउँदा निराश बनेका छन् ।

    बाढीले घर नस्ट गरेपछि ६ जनाको परिवारसहित बाँधमा गुजारा गर्नु परेको स्थानीय राजेन्द्र पासवानले दुखेसो छ । ‘लगाउने र खाने केही छैन् । ६ जनाको परिवार बाँधमा बनाएको सानो झुपडीमा बस्दै आएका छौं’, पासवानले भने, ‘घरमा बस्ने अवस्था छैन् ।’ बाढी आएकै दिन छोरी जन्मेको राजेन्द्रले नवजात शिशुलाई लिएर १५ दिनसम्म बाँधमै गुजारा गर्नु परेको तितो अनुभव सँगाले । माटो र फुसबाट बनाएको घर बाढीले नष्ट बनाएपछि अब कहाँ बस्ने त्यो चिन्ता थपिएको पासवानले बताए ।

    रेडक्रसलगायत विभिन्न संघसंस्था र सरकारी निकायमार्फत जम्मा भएका राहत सामग्री सदरमुकाम मलंगवामै थन्किएको छ । तर एकद्वार प्रणाली अपनाएर गैरसरकारी निकायले राहत वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । सरकारी राहतको हकमा तथ्यांक समयमा नआउँदा वितरणमा ढिलाई भएको प्रजिअ जिसीले बताए । ‘केही स्थानीय तहको तथ्यांक आएको छ । केहीको आउन बाँकी छ’, उनले भने, ‘तथ्यांक संकलन गर्न समिति बनाइएको छ । समितिले काम गरिरहेको छ । कतिपय तथ्यांक अपुरो भएकाले पनि राहत वितरणमा समस्या भएको हो ।’

    समयमा राहत वितरण नहुँदा बाढी तथा डुबानपीडित खुल्ला आकाशमुनी जीवन बिताउन बाध्य भएको नागरिक अधिकारकर्मी रजनीकान्त झाले बताए । ‘पीडितले तत्कालै राहत पाउनु पथ्र्यो । स्थानीय तहले समयमा निर्णय नगर्दा ढिलाई भएको देखिन्छ’, उनले भने, ‘आहतको समयमा राहत दिने हो । आहतको आभास सकिएपछि राहतले कुनै अर्थ राख्दैन् । अहिलेको राहत लगनपछिको पोते सरह भएको छ ।’

    बाढीपीडितलाई राहतभन्दा कसरी घर दिने, सुरक्षित बसोबासको व्यावस्था गर्ने तर्फ ध्यान दिनुपर्ने बेला भएको उनको भनाइ छ । ‘तर पहिले चरणमा दिनुपर्ने राहत अझै दिएको छैन । घर बनाउने कुरा त परकै भो’, उनले भने । तथ्यांक संकलनमा ढिलाई भएकाले राहत वितरण समयमा हुन नसकेको रेडक्रस सोसाइटी मलंगवा शाखाले जनाएको छ । १५ दिने पहिले १५ सय परिवारको लागि आएको राहत अझै गोदाममा थन्किएको सोसाइटीले जनाएको छ । ५ सय परिवारको लागि राहत सामग्री प्याक भइसकेको छ । एकातिर राहत राख्ने ठाउँ छैन भने पीडित केही नपाएर छटपटाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑