राजन बानिया पोखरिया १७ असोज
नेपाली काँग्रेस को गाउँपालिका स्तरिय बृहत कार्यकर्ता भेला अाज पर्साको धोबिनी गाउँपालिका वार्ड नं ५ जगरनाथपुर मा सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ महाधिवेशन नजिकिदै गर्दा गरिएको कार्यकर्ता भेटघाट कार्यक्रम महाधिवेशनको तयारी र आगामी चुनावको तयारीको रुपमा रहेको छ ।
कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व सांसद रमेश रिजाल ले भने नेकपा को सरकार ले जनता हरु लाई दुख दिन भाहेक कुनै राम्रो काम गरेको छैन।यो सरकार ले भ्रस्टाचार मा लिप्त रहेको र अाफ्नो कार्यकर्ता हरु पालन पोषन मात्र गर्दै छ।जनता हरु लाई बिभिन बहाना बनाई कर असुली गरी अाफ्नो नेता ,कार्यक्रता हरु लाई पालीरहेको छ। नागरिकता को बिषय मा समेत बखेडा बनाएर मधेशी महिला हरु लाई दुख दिने काम गरिरहेको छ। नेपाली कांग्रेस ले चुनाव हारेको कारण जनता हरु दुख भोगनु परिरहेको र नेपाली कांग्रेस पार्टी मात्र जनता को दुख शुख सार्थी मात्रहेको छ नेपाली कांग्रेस को सरकार ले सबै समस्या को समधान गरिने केन्द्रीय सदस्य रिजाल ले बताए । अब को अाउने चुनाव मा ईमन्दारी पुर्वक लागेर नेपाली कांग्रेस को जित सुन्चित गर्न जरुरी रहेको छ। गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला मा प्रदेश सांसद शंकर प्रसाद चौधरी, बशिष्ट नारायण कुर्मी, क्षेत्रिय सभापती रमेश पाण्डे,बब्लु श्रीबास्तव ,नबिण सिंह लगायत ले मनतब्य ब्यक्त गरेको थियो ।
नेपाली काँग्रेस का बुथ सभापती गाया प्रसाद यादव को सभापतित्वमा सम्पन्न भएको
कार्यक्रम मा धोबिनी गाउँपालिका अधयक्ष सुरेश प्रसाद कुर्मी, क्षेत्रिय सचिव श्रीकान्त यादव,बिधार्थी नेता बलिस्टर अहमद,लगायत सयौ को संख्यामा नेता ,कार्यकर्ता हरु को सहभागीता रहेको थियोे ।