विश्वका विभिन्न देशमा कुनै पनि मानिसले ठुलो अपराध गरेमा फाँसी दिने गरिन्छ । हामिले सुनेका पनि छौ होला, अपराधिलाई फाँसी दिनुअघि अन्तिम इच्छा सोधिने गरिन्छ ।
अपराधी भएपनि अन्तिम इच्छा सोधिने यो प्रचलन चल्दै आइरहेको छ। खासमा फाँसी चढाउन लागिएको कैदीको अन्तिम इच्छा पुरा गरिदिँदा उनको आत्माले शान्ती पाउँने र पुण्य पाउने विश्वास छ ।
यसै कारण कैदीलाई फाँसी दिनुअघि अन्तिम इच्छा सोधिने गरिन्छ । कैदीहरुले अन्य समयमा इच्छा अनुसारको कुनै चीज मगाउन नसक्ने हुनाले फाँसी दिने समयमा अन्तिम इच्छा सोध्ने प्रचलन पनि रहेको छ ।
धेरै कैदीले फाँसीमा चढ्नुअघि परिवारसँग भेट्ने इच्छा राख्छन् । भनिन्छ, फाँसी चढ्ने मानिसहरुले आफ्नो इच्छा अनुसार कुनै पनि धार्मिक किताब पढ्न पाउने गर्छन् ।