भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सामूहिक बलात्कार पछि मृत्यु भएकी एक युवतीको अबेर राती अन्तिम संस्कार भएको छ ।भारी सुरक्षा बल तैनाथ गरेर उनको अबेर राती अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पोस्टमार्टम पछि भारी संख्यामा प्रहरी तैनाथ गरेर उनको अन्तिम संस्कार गरिएको हो ।कलेजमा भर्ना फी बुझाएर घर फर्किरहेकी २२ वर्षकी युवतीलाई मंगलवार सामूहिक बलात्कार भएको थियो ।
उनी रातीसम्म घरमा नआएपछि परिवारले फोन गर्दा फोन सम्पर्क हुन सकेको थिएन । त्यसको केहि समय पछि उनी रिक्सामा घरमा आएको तर उनको अवस्था नाजुक रहेको थियो ।
त्यसपछि उनलाई अस्पताल लगिएकोमा उनको बुधवार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।अहिले प्रहरीले दुई जना आरोपीलाई गिरफ्तार गरेको छ ।
एजेन्सीको सहयोगमा