बिरगंज । अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी साधन नियन्त्रणमा लिये को छ।
मिति २०७७।०६।११ गते अं.१७:३० बजेको समयमा भारतीय नंम्बरको स्कारपियो तथा कार गाडीहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा चलाई रहेको छन् भन्ने विशेष सुचना प्राप्त भई यस कार्यालयबाट खटि गएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. १६ चालिस फिट्टे सडक खण्डमा भारतीय नम्बर BR31J 3681 कार थान-१ BR05PA 8456 नम्बरको स्कारपियो थान-१ गरी अ.मू.रु.४०,००,०००।– (चालीस लाख) बराबरको गाडी थान-२ फेला पारेको र सो गाडी सम्बन्धी वरपर सोधपुछ गर्दा कोही कसैले हक दाबी नगरेकोले बरामद गरी यस कार्यालयमा ल्याई राखिएकोमा हाल सम्म कोही कसैले पनि उक्त सवारी साधनसँग सम्बन्धित आवश्यक कागजात सहित यस कार्यालयमा सम्पर्क राख्न नआएको हुँदा आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाईएको ।