• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भ्याक्सिन : सर्वसाधारणको पहुँचमा कहिले ?

  • वीरगंज संजाल
  • १४ आश्विन २०७७, बुधबार १०:०९
  • २८७३

    कोरोना भाइरसका कारण विश्वमा दश लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । तीन करोडभन्दा धेरै संक्रमित भइसकेका छन् । अमेरिका, भारत र ब्राजिलमा दिनप्रतिदिन संक्रमित तीव्र गतिमा बढिरहेका छन् । यद्यपि कोरोनालाई जित्ने दर पनि उल्लेख्य छ ।यसैबीच कोरोना उपचारसम्बन्धी भ्याक्सिनको पर्खाइमा सिंगो विश्व छ । सबैको एउटै प्रश्न छ– कोरोना भ्याक्सिन कहिले आउँछ ? यिनै प्रश्नको छिटो उत्तर दिने गरी विश्वका शक्तिराष्ट्रहरू भ्याक्सिन निर्माण र परीक्षणको दौडमा छन् । पश्चिमेली राष्ट्रहरूले कोरोन भ्याक्सिनको परीक्षण विभिन्न चरणमा भइरहेको दाबी गरेका छन् । युरोपमा रुसले पहिलोपटक भ्याक्सिन उत्पादन गरेको थियो । यो भ्याक्सिन विभिन्न चरणमा प्रयोग भइरहेको छ । अमेरिकाले पनि भ्याक्सिन सन् २०२० को अन्त्यसम्ममा तयार हुने बताउँदै आएको छ ।

    अमेरिकामा बन्न लागेको कोभिड– १९ विरुद्धको भ्याक्सिन सबैभन्दा प्रभावकारी हुने धेरैको आशा छ । ह्वाइटहाउसका प्रेस सल्लाहकार केली मेक्यानैनीले लामो समयदेखि भ्याक्सिनमाथि छलफल भइरहेको र अब उत्पादनमा लाग्ने बताएका छन् । ‘राष्ट्रपति रोनाल्ड ट्रम्पले नै भ्याक्सिन कमर्सियलस्तरमा निर्माण गर्न भनेका छन्,’ केलीले भने, ‘भ्याक्सिन अन्यको तुलनामा राम्रो हुने विश्वास लिएका छाँै ।’

    अमेरिकाले भ्याक्सिन निर्माणमा देखाएको चासोसँग अन्य राष्ट्र पनि यसैको विकासमा जोड दिइरहेका छन् । सम्भवतः सन् २०२१ सम्म सर्वसाधारणको हातमा भ्याक्सिनको पहिलो डोज आउने विश्वास गरिएको छ । अहिलेसम्म विश्वमा दुईवटा मात्र भ्याक्सिन प्रयोगमा ल्याउन मिल्ने गरी विश्व स्वास्थ्य संगठनमा रजिस्टर भएका छन् । यसबाहेक नौवटा नामसहितका भ्याक्सिन क्रिटिकल चरणमै छन् ।

    अक्सफोर्ड एस्ट्राजेनको ट्रायल भारतमा
    अक्सफोर्ड विश्वविद्यालयद्वारा उत्पादित एस्ट्राजेन भ्याक्सिन अहिले विभिन्न चरणमा परीक्षणमा छ । अक्सफोर्डले भारतलगायत विश्वका धेरै राष्ट्रमा एकैपटक एस्ट्राजेनको प्रयोग गरेको छ । कोभिसिल्ड नामको यो भ्याक्सिन मुम्बईस्थित केइएम अस्ततालमा तीन चरणसम्म प्रयोग भएको छ । तेस्रो फेजमा रहेको कोभिसिल्ड भ्याक्सिनले अर्को साता थप नयाँ चरणको ट्रायल दिनेछ ।

    कोभाक्सिनमा छैन साइडइफेक्ट
    भारत आफैँले पनि कोभिड– १९ विरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । बायोटेक, आइसिएमआर तथा नेसनल इन्स्टिच्युट अफ बायोलोजी पुणेको सहयोगमा कोभाक्सिन नामको भ्याक्सिन भारतले बनाइरहेको हो ।

    भारतीय एजेन्सीहरूका अनुसार कोभाक्सिन दोस्रो फेजमा छ । अहिलेसम्मको परीक्षणमा यस भ्याक्सिनमा केही साइडइफेक्ट देखा परेका छैन । पहिलो तथा दोस्रो चरणको परीक्षणपछिको सफलताले अब भ्याक्सिन तेस्रो फेजको तयारीमा लागेको जनाइएको छ । यसैगरी भारतको सिरम इन्स्टिच्युटले अमेरिकाको सहयोगमा कोभिसिल्ड भ्याक्सिन बनाइरहेको छ । तर, यसको परीक्षण भएको छैन । प्राविधिक नतिजा राम्रो निस्किएको सिरम इन्स्टिच्युटले जनाएको छ । यता अमेरिकन कम्पनीले आउने वर्षसम्म यो एक लाख डोजको भ्याक्सिन बन्ने लक्ष्य राखेको छ । जसमा भारतको ५० प्रतिशत हिस्सा रहनेछ ।

    चीनमा एक लाखमा प्रयोग
    चीनले पनि आफ्ना नागरिकको रक्षा गर्न भ्याक्सिन परीक्षण गरेको छ । चीनले अहिलेसम्म एक लाख नागरिकलाई भ्याक्सिन दिएको एजेन्सीहरूको भनाइ छ । एजेन्सीहरूका अनुसार अहिले चीनमा पाँचौँ चरणमा भ्याक्सिन प्रयोग भइरहेको छ । यस्तै दुईवटा भ्याक्सिन दोस्रो तथा तेस्रो फेजको परीक्षणमा छन् ।

    स्पुतनिकको इम्युनिटी बलियो
    रसियाले उत्पादन गरेको स्पुतनिक भ्याक्सिनको राम्रो पक्ष इम्युनिटी शक्ति हो । परीक्षणको पाँचौँ चरणमा रहेको स्पुतनिकमा थप इम्युनिटी शक्ति बढाउने मस्कोस्थित गामलेया रिसर्च सेन्टरले जनाएको छ । यस रिसर्च सेन्टरका प्रमुख अलेक्जेन्डरले स्पुतनिक– ५ सबैभन्दा सुरक्षित भ्याक्सिन भएको दाबी गरेका छन् । –एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑