एजेन्सी । अर्मेनिया र अजरबैजानबीचको लडाई थप चर्किदै गएको छ । नागारोनो–कारोबाखको विवादित क्षेत्रलाई लिएर ती दुई देशबीच लडाई सुरु भएको हो । मंगलबार पनि दुई देशका सेनाबीच भीषण गोलीबारी भएको छ । दुबै देशले एक अर्कालाई विवादित क्षेत्र बाहिर एक अर्काका विरुद्ध गोलीबारी गरेको आरोप लगाएका छन् ।
यो युद्धमा अहिलेसम्म ६७ जना मारिएको खबर सार्वजजिक भएको छ । आइतबारदेखि विवादित क्षेत्रमा युद्ध भड्किएको हो । आर्मेनियाको रक्षा मन्त्रालयकाअनुसार अजरबैजानको ड्रोज हमलामा एउटा बसमा आगो लागेको थियो ।
यद्यपि, आगलागी भएको बसमा कोही व्यक्ति हताहत भएको समाचार छैन । तर अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले आर्मेनियाको हमलामा परेर आफ्ना १० नागरिकको हत्या भएको दाबी गरेका छन् । यद्यपि, सैनिकको मृत्युको बारेमा भने कुनै पनि जानकारी दिइएको छैन ।