वीरगंज | नेपाल सुन चाँदी व्यवसायी महासंघ प्रदेश नं. २ को नयाँ नेतृत्वको बिवाद चुलिएको छ । दुई पक्षले अलग अलग प्यानल बनाएर नेतृत्व दावी गरे पछि संघको बिवाद सतहमा आएको हो ।गुपचुप रुपमा शिव कुमार सर्राफको नेतृत्वमा निर्वाचन भइरहेको सूचना पाएका व्यवसायीहरुको विरोध र प्रहरीको हस्क्षेपका विच निर्वाचन प्रक्रिया विफल भएको सूचना संघका व्यवसायीहरुले हिजो संचारकर्मीहरुलाई दिएका थिए । तर वेलुका शिव कुमारको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसहमत चयन भएको विज्ञप्ती नै एक समूहले निकाले ।
अर्को समूहले भने वीरगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गरी सोमवार धनुषाको ढक्लेबरमा रामजी साहको अध्यक्षता नयाँ नेतृत्व चयन भएको दावी गरेका छन् । रामजी साह समूहले अधिकांश प्रतिनिधिहरु हाम्रो पक्षमा रहेको दावी गर्दै नयाँ नेतृत्व साहको अध्यक्षतामा सर्वसहमत चयन गरिएको पत्रकार सम्मेलनमा बताएका छन् ।
शिव कुमार साह लगायतका केहि व्यावसायीहरुले बिधि र प्रक्रिया मिचेर अधिवेशन नै नगरी ,संघका अधिकांश प्रतिनिधिहरुलाई जानकारी नै नगराई तथा सुनचाँदी व्यवासायी महासंघको निर्णय विपरित वीरगन्जमा नयाँ नेतृत्व चयन गरिएको भ्रमाक प्रचार गरिएको पत्रकार सम्मेलनमा व्यवसायीहरुले वताएका छन् । रामजी साहको अध्यक्षतामा चयन भएको कार्यसमिति नै अधिकारिक समिति रहेको संघका सल्लाहाकार सुनचाँदी व्यवसायी भरत अग्रवाले बताए ।शिव सर्राफ समूहले गरेको भ्ररामक प्रचारमा नपर्न व्यवासायीहरुलाई अग्रवालले पत्रकार सम्मेलन आग्रह गरे ।
रामजी साह समूहबाट उपाअध्यक्ष सन्तोष साह,विशेश्वर साह,सचिवमा भिम बहादुर विक,कोषा अध्यक्षमा देव कृष्ण साह,सह कोषाध्यक्षमा विश्वनाथ साह,सह सचिवमा राकेश साह सदस्यहरुमा प्रकाश विक,ध्रुव विश्वकर्मा,राजकुमार साह,पुजा देवी साह लगायतको चयन भएको पत्रकार सम्मेलनमा संघको निर्वाचन अधिकृत अधिवक्ता मंसुरबाबु अंसारीले बताए ।नेपाल पत्रकार महासंस पर्साको सभा हलमा एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत मंसुरबाबुले प्रमाण पत्र वितरण गरेका छन् ।
संघको जम्मा प्रतिनिधि सदस्य ७० जना रहेकोमा ५५ भन्दा बढी प्रतिनिधि हाम्रो पक्ष रहेको रामजी साह पक्षले दावी गर्दै संघको बिवादमा केन्द्रीय समितिले हामीलाई आधिकारिक्ता प्रदान गर्ने दावी गरेका छन् ।