• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    समुदाय प्रतिरोध : कोरोनाभाइरसविरुद्धको लडाइँमा गर्ला त काम ?

  • वीरगंज संजाल
  • Sep 29, 2020, 2:02 am
  • ४३८९

    कोरोनाभाइरसको खोप पत्ता लागिसकेको छैन, औषधि बनिसकेको छैन । यो अवस्थामा यो विरुद्ध लड्ने सबैभन्दा बलियो अस्त्र भनेकै मानिसको शरीरको रोग प्रतिरोधी क्षमता हो । कुनै पनि किटाणु भाइरसले मानिसको शरीरमा आक्रमण गरेपछि उसको रोग प्रतिरोधी क्षमताले त्यसका विरुद्ध लडेर त्यसलाई निष्क्रिय तुल्याइदिन्छ । यस्तो भाइरसको संक्रमण समुदायमा हुँुदा त्यसका विरुद्धमा समुदायका बहुसंख्यक मानिसहरुमा पनि त्यस्तो प्रतिरोधी क्षमता पैदा हुँदै जान्छ । यस अर्थमा अहिलेको मुख्य आशा भनेकै कोरोनाभाइरसको संक्रमणविरुद्ध मानिसमा पैदा हुन सक्ने आशा गरिएको समुदाय प्रतिरोध अर्थात् हर्ड इम्युनिटी भएको छ ।

    मानिसमा पैदा हुने यस्ता समुदाय प्रतिरोध कोरोनाभाइरसविरुद्धको लडाइँमा उपयुक्त रणनीति हुन सक्छ कि सक्दैन भनेर अहिले अनुसन्धानकर्ताहरु निधो गर्नेतर्फ प्रयासरत रहेका छन्  । त्यसका लागि उनीहरुले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि पहिले कडाइका साथ लकडाउन गरेर संक्रमणलाई फैलिन र विस्तारित हुन नदिनको लागि केही सफलतापाएपछि पुनः खुकुलो बनाउँदै गरेका मुलुकहरुको अवस्थालाई नियालिरहेका छन् ।

    केही विज्ञहरुको विचारमा कोभिड–१९ विरुद्धको लडाइँमा समुदाय प्रतिरोध उत्तम उपाय नहुन पनि सक्छ । किनभने समुदाय प्रतिरोधका लागि ठूलो संख्यामा समुदायका मानिसहरु कोरोनाबाट संक्रमित हुनुपर्छ । त्यसको सोझो अर्थ के हो भने त्यसले ठूलो संख्यामा मानिसहरु बाहिर आवतजावत गर्नुपर्ने हुन्छ र त्यसले अनिवार्यतः ठूलो मात्रामा मृत्यु हुनेहरुको संख्या पनि बढाउनेछ ।


    केही विज्ञहरुको विचारमा कोभिड–१९ विरुद्धको लडाइँमा समुदाय प्रतिरोध उत्तम उपाय नहुन पनि सक्छ । किनभने समुदाय प्रतिरोधका लागि ठूलो संख्यामा समुदायका मानिसहरु कोरोनाबाट संक्रमित हुनुपर्छ । त्यसको सोझो अर्थ के हो भने त्यसले ठूलो संख्यामा मानिसहरु बाहिर आवतजावत गर्नुपर्ने हुन्छ र त्यसले अनिवार्यतः ठूलो मात्रामा मृत्यु हुनेहरुको संख्या पनि बढाउनेछ ।

    अहिलेसम्म कोरोनाभाइरसका विभिन्न रुपहरुले कसरी असर गर्छ भनेर राम्ररी परीक्षण नै हुन पाएको छैन । कोरोनाभाइरस संक्रमणको दरलाई न्यून पार्न सकिनेबारेमा हामी धेरै नै आशावादी भएका छौं तर समुदाय प्रतिरोधका माध्यमबाट त्यस दिशामा हामी कतिको नजिक पुग्न सकेका छौं भन्नेबारे परीक्षण हुन बाँकी नै छ । कोरोनाभाइरस संक्रमित भएर निको भएका मानिसहरु त्यसप्रति प्रतिरोधी हुन्छन् वा उनीहरुमा त्यसका विरुद्ध एन्टीबडी पैदा भइसकेको हुन्छ भनेर अनुमान नै गर्दा पनि त्यो प्रतिरोधी क्षमता कति लामो समयसम्म रहिरहन्छ भन्नेबारेमा हामीलाई अहिले कुनै ज्ञान नै छैन । यसअघि थाहा पाइसकेका कोरोनाभाइरसका अन्यप्रजातिहरुको संक्रमण तथा सामान्य मौसमी फ्लूकै सन्दर्भमा पनि त्यस्तो प्रतिरोधी क्षमता एक वर्षभन्दा कम मात्रै कायम रहने गरेको देखिएको छ । कोरोनाभाइरसका विरुद्धमा त्यसका संक्रमणबाट निको भएकाहरु प्रतिरोधी नै हुन्छन् भनेर मान्दा पनि आम जनसंख्यामा त्यो समुदाय प्रतिरोधका स्तरमा पुग्नका लागि कति समय लाग्ला भनेर अहिले नै भन्न सकिने स्थिति छैन ।

    यसअघि थाहा पाइसकेका कोरोनाभाइरसका अन्यप्रजातिहरुको संक्रमण तथा सामान्य मौसमी फ्लूकै सन्दर्भमा पनि त्यस्तो प्रतिरोधी क्षमता एक वर्षभन्दा कम मात्रै कायम रहने गरेको देखिएको छ । कोरोनाभाइरसका विरुद्धमा त्यसका संक्रमणबाट निको भएकाहरु प्रतिरोधी नै हुन्छन् भनेर मान्दा पनि आम जनसंख्यामा त्यो समुदाय प्रतिरोधका स्तरमा पुग्नका लागि कति समय लाग्ला भनेर अहिले नै भन्न सकिने स्थिति छैन ।


    अहिले विश्व महमारी फैलाइरहेको नोबेल कोरोनाभाइरस कत्तिको संक्रामक छ भन्ने जान्नुपनि एउटा महत्वपूर्ण पक्ष हो । यो कुरा आरओबाट जाँच्ने गरिन्छ । अर्थात् एउटा औसत संख्याका संक्रमितले एएटा स्वस्थ मानिसलाई भाइरस कत्तिको सार्छ भन्ने कुराबाट यसको संक्रामकतालाई नाप्ने गरिन्छ ।

    सोझो भाषामा भन्दा संक्रमणको दर आरओ तलतिर झर्नका लागि धेरैभन्दा धेरै मानिसहरु प्रतिरोधी हुनु जरुरी हुन्छ । अहिलेसम्म नोबेल कोरोनाभाइरसको संक्रामकता थरिथरिका पाइएका छन् र यो आधारमा समुदाय प्रतिरोध प्राप्त गर्नको लागि कुल जनसंख्याको ६६.७ प्रतिशतसम्म भाइरसले संक्रमित हुनुपर्छ । फेरि त्यसको घातकता र मृत्युदरले पनि नोबेल करोनाभाइरस महामारीका विरुद्ध कति चाँडो निदानात्मक कारवाहीहरु गरिनुपर्छ भन्ने कुरा निर्धारण गर्नमा संवेदनशील भूमिका निर्वाह गर्ने गर्छ । नोबेल कोरोनाभाइरसको मृत्युदर मुलुकै पिच्छे र समयानुसार फरक फरक पाइएको छ । त्यस आधारमा मृत्युदरले संक्रमण पुष्टि भएकाहरुमध्ये १० प्रतिशत नाघ्न पनि सक्ने देखिएको छ ।  कोभिड–१९ ले ६० वर्षभन्दा कम उमेरका मानिसहरुमा मृत्यु गराइरहेको छ भने थुप्रै युवाहरुलाई समेत सघन चिकित्साको आवश्यकता पर्ने स्थितिमा पुर्याएको छ ।

    अहिलेसम्म कतिजना मानिसहरु चाहिँ यस नोबेल कोरोनाभाइरस संक्रमणको शिकार बनिसकेका छन् भन्नेबारेमा यकीनका साथ भन्न सकिने अवस्था छैन । यसको संक्रमणका धेरैजसो केसहरुमा लक्षणहरु नै देखापरेका छैनन् भने उनीहरुमा परीक्षण गराउनुपर्ने आवश्यकताबोध हुने गरी विरामी नै देखापरेका छैनन् । अमेरिकाको सेन्टर फर डिजिजेज कन्ट्रोलका अनुसार २५ प्रतिशत संक्रमितहरुमा त कहिल्यै पनि लक्षण नै देखापरेन । अरु अध्ययनहरुले त यो स्थिति ५० प्रतिशतको नजिक पनि हुन सक्ने देखाएका छन् ।

    अहिलेसम्म कतिजना मानिसहरु चाहिँ यस नोबेल कोरोनाभाइरस संक्रमणको शिकार बनिसकेका छन् भन्नेबारेमा यकीनका साथ भन्न सकिने अवस्था छैन । यसको संक्रमणका धेरैजसो केसहरुमा लक्षणहरु नै देखापरेका छैनन् भने उनीहरुमा परीक्षण गराउनुपर्ने आवश्यकताबोध हुने गरी विरामी नै देखापरेका छैनन् । अमेरिकाको सेन्टर फर डिजिजेज कन्ट्रोलका अनुसार २५ प्रतिशत संक्रमितहरुमा त कहिल्यै पनि लक्षण नै देखापरेन । अरु अध्ययनहरुले त यो स्थिति ५० प्रतिशतको नजिक पनि हुन सक्ने देखाएका छन् । यो भिन्नता हुनुको एउटा मुख्य कारण चाहिँ अहिलेसम्म पर्याप्त मानिसहरुमा परीक्षण नै भएको छैन । स्पेन, अस्ट्रेलिया, इटाली, चीन, अमेरिका र अन्य मुलुकहरुले कोरोनाभाइरस लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । उनीहरुले सामाजिक दूरीका निर्देशिकाहरुलाई पालना गर्दै केही व्यवसायहरुलाई खुला गर्ने अनुमति पनि दिन थालेका छन् । यसको प्रतिकूल नतिजा केही ठाउँहरुमा फेरि कोरोनाभाइरस संक्रमणका केसहरु पनि देखापर्न थालेका छन् । यो स्थितिमा आगामी केही हप्ताहरुले ठोस रुपमा कोभिड–१९ का विरुद्ध समुदाय प्रतिरोधले काम गर्छ कि गर्दैन भन्ने कुराको सुनिश्चित गर्न सक्ने आशा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
  • ओझेलमा परेको भाले बास्ने ताल
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑