राजन कुमार बानिया पोखरिया १० असोज।
पर्साको ग्रामीण क्षेत्रमा घरेलु मदिरा उत्पादन गर्ने अवैध रक्सी भट्टीहरु सन्चालनमा रहेको पाइएको छ ।
महादेवपट्टी, सुर्वणपुर, शंकर सरैया, जानकीटोला, भिस्वा लगायतका स्थान हरुमा दर्जनौको संख्यामा अवैध रक्सी भटटीहरु सन्चालनमा रहेको र त्यहाबाट उत्पादीत घरेलु मदिरा प्रहरीकै संरक्षणमा भारतका विभिन्न स्थानमा निर्यात हुँदै आएको स्थानीयवासीले बताएका छन् ।
शंकरसरैयामा उत्पादित घरेलु मदिरा जितपुर, सुपौली हुदै जानकीटोला र भिस्वा नाकाबाट भारतको इनर्वा, सिकटा र मैनाटार बजार सम्म पुरयाउने गरिएको छ । यस्तै महादेवपट्टी र सुर्वणपुर र विजयवस्तीमा उत्पादीत घरेलु मदिरा महादेवपट्टी पिडारी र बलुवा नाका हुदै भारतको भंगाहा, सुभद्रा र नरकटियागन्ज सम्म निर्यात भइरहेको स्थानीय सोहन चौधरीले बताउनु भयो ।
प्रहरी चौकी सुवर्ण पुर को सय मिटर कै दुरिमा दर्जनभन्दा बढी रक्सी भठि हरु सन्चालन रहेको छ । उक्त रक्सी भठी हरु बाट प्रहरी चौकी सुवर्ण पुरका प्रहरी हवल्दार जयराम यादवले मासिक तीन हजार देखि चार हजार सम्म महिनवारी असुली गरिरहेको स्थानीयवासिले बताएका छ्न । कारोबारीहरुले घरेलु मदिरा साइकल र मोटरसाइकलमा राखेर भारतीय बजारमा पुरयाउने गरेको स्थानीयवासीको भनाइ छ । यसैगरि ग्रामीण क्षेत्रमा उत्पादित मदिरा कोराबारीहरुले टेम्पो मार्फत पोखरीया र वीरगन्जमा पनि ल्याएर होटलवालाहरुलाइ बिक्री गर्ने गरेका छन् ।
गाउँमा रहेका रक्सी भटटी र स साना होटलहरु राति अबेर सम्म खुल्ने गरेका कारण होहल्ला हुने गरेको र यसले गाउकै वातावरण बिगारेको शंकर सरैयाका स्थानीयवासीन्दा हरिनारायण दासले बताउनु भयो । रक्सी भट्टीहरुका कारण बिशेष गरि स्कुले बालबालिकामा बढि असर परेको दासको भनाइ छ । ग्रामीण क्षेत्रमा दर्जनौको संख्यामा अवैध रुपमा रक्सी भटटीहरु सन्चालनमा रहेको भएपनि यसको नियन्त्रणका लागि स्थानीय प्रहरीले कुनै पनि चासो नदेखाएकाले यसमा प्रहरीको पनि मिलोमतो रहेको पुष्टि भएको स्थानीयवासीले आरोप लगाएका छन् । तर पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजित कुवरले भने अहिले सम्म जानकारीमा आएका भटटीहरु नष्ट गरिएको भन्दै घरेलु मदिरा उत्पादन गर्ने अवैध रक्सी भट्टीहरु नष्ट गर्ने अभियान प्रहरीले जारी नै राखेको बताउनु भयो ।
उहाँले महादेवपट्टी, सुर्वणपुर, शंकर सरैया, जानकीटोला लगायतका स्थान हरुमा सन्चालित रक्सी भट्टीहरुका बारेमा तत्कालै जानकारी लिएर नष्ट गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । ग्रामीण या नगर क्षेत्र कहि कतै अवैध रक्सी भट्टी सन्चालनमा रहेको भए प्रहरीलाइ खबर गरेर सहयोग गर्न पनि प्रहरी नायव उपरिक्षक कुवर ले जिल्ला वासीसंग आग्रह गर्नु भएको छ ।