• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महामारीका बेला मदिरामाथि लगाइएको प्रतिबन्धले कस्तो प्रभाव पार्यो ?

  • वीरगंज संजाल
  • ८ आश्विन २०७७, बिहीबार ०८:३०
  • ३२१३

    बीबीसी । कोरोना महामारीका समयमा अस्पतालहरु खालि राख्नकै लागि भनेर कतिपय देशहरुले मदिरामाथि प्रतिबन्ध लगाएका थिए । कोभिड–१९ का कारण महिनौँ कोठाभित्र बन्द भएर बस्नुपर्दा प्रायः मानिसहरुलाई जागिर गुम्ने र स्वास्थ्य सम्बन्धी अधिक चिन्ता बढ्न थाल्यो । र तनावबाट राहत पाउने बाहानामा धेरैले मदिरा सेवनको बाटो अपनाए ।

    गत अप्रिलमा गरिएको सर्वेक्षण अनुसार बेलायतमा मात्र लकडाउन र क्वारेन्टिनमा रहँदा २१ प्रतिशत नागरिकहरुले सामान्य बेलाको भन्दा धेरै बढी मदिरा उपाभोग गर्न थालेका हुन् । क्यानडा, अमेरिका लगायतका मुलुकमा पनि यसको दर बढ्दो रहेको तथ्याङ्कले देखाएको छ ।

    तर अर्कोतर्फ दक्षिण अफ्रिकामा भने मदिराको कारोबार र ओसारपसारलाई पूर्ण रुपमा निषेध गर्ने नयाँ नियम लागू गरिएको हो । मदिरासँग सम्बन्धित समस्या अनि दृुर्घटना कम गराएर अस्पतालका बेडलाई केबल कोभिडका बिरामीका लागि उपलब्ध गराउने उद्देश्यले त्यहाँ यस्तो नीति अपनाइएको थियो । तर यही कारण मदिरा बन्द गर्ने दक्षिण अफ्रिका एक्लो मुलुक भने होइन, थाइल्यान्ड र भारतले पनि कोरोना संकटका बेला मदिरामाथि प्रतिबन्ध लगाएका हुन् भने केन्याले चाहिँ रेस्टुरेन्टहरुमा यसको विक्री गर्न नपाइने नियम जारी गरेको थियो ।

    अफ्रिकामा मदिरामाथि लगाइएको सो बन्देज चार महिनापछि अगस्ट १५ मा मात्र खुलाइएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकाको विश्कै सबैभन्दा बढी मदिरा सेवन गर्ने रेकर्ड रहेको छ जसकारण महिनौँ पश्चात् मदिराको कारोबारले अनुमति पाउँदा पूरै देशले सो कदमको खुलेर स्वागत गरेको पाइएको थियो । यसैको उत्सव मनाउँदै क्यासल लेजर किन्न हिँडेका एक नागरिकले भनेका छन्, “यो नियम हट्नुले अहिले मलाई लाखौँको लोटरी जिते जत्तिकै खुसी दिलाएको छ । ”

    उसो भए महिनौँ लागू गरिएको मदिरा विरुद्धको प्रतिबन्धको यी देशहरुमा केकस्तो असर पर्यो त ? यो विषयमा अहिले धेरैले के तर्क गरिरहेका छन् भने मदिरा बन्द गराएपनि दक्षिण अफ्रिकामा बढ्दो संक्रमण रोकिएन । अस्पतालमा दिनदिनै बेडको माग बढ्दै जाँदा स्वास्थ्य प्रणाली आखिरमा सम्हाल्न नसक्ने स्थितिमा पुगेरै छाड्यो ।

    बरु अस्थाइ रुपमा मदिराको कारोबारमाथि रोक लगाउनाले जागिर गुमाउनु परेका धेरैले अझै नयाँ काम पाउन सकेका छैनन् । बारटेन्डरको काम गर्दै आएका जोहनेस रामात्सी भन्छन्, “मलाई यतिखेर एकदमै नराम्रो लागिरहेको छ । मलाई फेरि काममा जान मन छ । किनकी मैले छोराछोरीलाई जसरी भएपनि खुवाउनै पर्छ । मेरा चार बच्चा छन् । ”

    यसले के स्पष्ट पार्दछ भने सरकारको निर्णयले पूरै मदिरा उद्योगमा वास्तवमै ठूलो क्षति पुर्यायो । मदिरा व्यवसायिक संघका प्रमुख लकी टिमेन भन्छन्, “म केमा जोड दिन चाहान्छु भने यो देशको अर्थतन्त्रमा मदिरा उद्योगको पनि उत्तिकै ठूलो योगदान छ । मुलुककको तीन प्रतिशत कुल घरेलु आय यसैबाट प्राप्त हुने गरेको छ । र मदिराको कारोबार निषेध गर्नुको अर्को एकदमै नराम्रो असर भनेको कालोबजारी गरि गैरकानुनी रुपमा यसको विक्री पनि अत्याधिक बढेको छ । ”

    मदिरा प्रतिबन्ध सम्बन्धी अन्य ऐतिहासिक घटनाहरुलाई हेर्दा पनि यसले निम्त्याउने सबैभन्दा ठूलो समस्या अवैध तस्करी नै रहेको पाइएको छ । अहिले पनि अवस्थामा कुनै परिवर्तन आएको देखिँदैन । जस्तै मेक्सिकोका केही स्टेटमा महामारीका समयमा मदिरा निषेध गरिँदा कालोबजारी मार्फत खरिद गरेको ‘मेथानोल’ युक्त विषाक्त मदिरा सेवन गर्दा धेरैको मृत्यु भएको थियो । भारतमा पनि विषालु पेय पदार्थकै कारण दर्जनौँको मृत्यु भएको धेरै खबर आइसकेका छन् ।

    तर अर्कोतर्फ सो कदमका केही सकारात्मक प्रभाव पनि देखिएको अनुसन्धानकर्ता बोङगिवे नदोदो बताउँछन् । महामारीका समयमा मदिरा प्रतिबन्धित भएकै कारण धेरै समुदायमा महिलाहरुले आफूलाई पहिलोपटक सुरक्षित महसुस गरेको र पारिवारिक सुख शान्ति अनुभव गर्न पाएको बताएका छन् । सामाजिक हिंसा घटाएकाले पनि धेरै मानिसहरु सो निर्णयप्रति खुसी पनि भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑