• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ७० प्रतिशतले घट्यो औषधिको उत्पादन

  • वीरगंज संजाल
  • Sep 23, 2020, 6:48 am
  • २७०५

    वीरगंज। बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले उत्पादनमा व्यापक कटौती गरेका छन् ।कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दीयता दीर्घरोग र प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनबाहेक अन्य औषधिको माग शून्य भएपछि उत्पादन कटौती गर्नु परेको व्यवसायीहरू बताउँछन् ।औषधिको मागमा कमी आएपछि अहिले उद्योगीहरूले ७० प्रतिशतसम्म उत्पादन घटाएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

    ‘बजारमा औषधिको माग नै नभएपछि उद्योगीहरूले लक्ष्यभन्दा एकदमै कम उत्पादन गरिरहेका छन्,’ उनले भने ।कोरोना महामारी शुरू हुँदा भारत र चीनले कच्चा पदार्थको निर्यातमा कडाइ गर्नु र औषधिजन्य कच्चा पदार्थको मूल्य पनि बढाएका कारण नेपालका उद्योगहरूले उत्पादनमा केही कमी ल्याएको उनले बताए ।चैतयता आपूर्ति शृंखला राम्रो भए पनि बजारमा औषधिको माग नै नहुँदा व्यवसायीहरू पुरानो लयमा फर्किन सकेका छैनन् ।

    अस्पतालहरूमा कोरोनाका बिरामीको चाप बढ्दै गएकाले नागरिकमा मनोवैज्ञानिक त्रास फैलिएको क्षत्रीको बुझाइ छ । ‘कोरोनाको जोखिमका कारण अत्यावश्यक अवस्थामा मात्र बिरामीहरू अस्पताल पुग्ने गरेका छन् जसले गर्दा मागमा कमी आएको हो,’ उनले भने ।

    बजारमा माग नै नभएपछि देशकै सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले करीब १ महीना औषधि उत्पादन नै बन्द ग¥यो । बजारमा माग नभएकाले केही समय उत्पादन बन्द गरी पुनः सञ्चालनमा ल्याइएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए । ‘सप्लाइलगायत सबै काम भइरहेका छन् । उत्पादन बजार मागअनुसार गरिरहेका छौं,’ उनले भने ।

    नेपाल मेडिकल संघका अध्यक्ष सीताराम घिमिरे पछिल्लो समय अस्पताल पुग्नेहरूको चाप नै न्यून भएको बताउँछन् । उनका अनुसार ट्रमा, छाला, दुखाइलगायत छोटो समयमा देखिने रोगका औषधिको माग बजारमा एकदमै न्यून छ । क्यान्सर, क्षयरोग, मधुमेहजस्ता दीर्घरोगको माग सामान्य रहेकामा पछिल्लो समय मनोरोगसम्बन्धी औषधिको माग भने ह्वात्तै बढेको उनी सुनाउँछन् ।

    ‘धेरैले रोजगारी गुमाएका छन्, महामारीको त्रास छ, त्यसैले पनि मान्छेहरू तनावमा गएका छन्,’ उनले भने, ‘जसले गर्दा औषधिको मागको आँकडामा डिप्रेसनका रोगी बढेको देखिन्छ ।’ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष एवं एशियन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक शंकर घिमिरे पनि समग्र औषधिको माग घटेकोमा मनोरोगसम्बन्धी औषधिको माग भने बढेको बताउँछन् ।

    महामारीपछिको बन्दाबन्दीका कारण सर्वसाधारणमा आर्थिक र मनोवैज्ञानिक समस्या थपिएको विश्लेषण उनको छ । अन्य औषधिको माग बजारमा न्यून भएकाले तत्कालका लागि उत्पादनमा कटौती गरिएको उनले जानकारी दिए ।

    ‘कच्चा पदार्थ र मौज्दात पनि पर्याप्त भएकाले तत्काल मागअनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑