जिन्दगी सुख र दुःखको एउटा गज्जबको प्याकेज हो। यही प्याकेजलाई फुकाउँदाफुकाउँदै हाम्रो उमेर सकिन्छ। हरेक मानिस सुखी हुन चाहन्छ।
हरेकलाई आफू खुशी हुने अधिकार पनि छ। अरुलाई असर नपारीकन जसलाई पनि आफूलाई सुखी राख्ने हक हुन्छ। तर, सुखी हुने कसरी त्यसको सूत्र नजान्दा मानिस दुःखी छ।
ऊ खोज्छ सुख, तर भेट्छ दुःख! ‘प्याराडक्स’ छ जिन्दगी, विरोधाभासपूर्ण छ गज्जबको। सुखका निम्ति गरिएका भनिएका कतिपय प्रयास मिथ्या भएका छन्। किन हुन्छ यस्तो? कहाँ छ सुख?
मानिसको जन्मदेखि अन्तिम अवस्थासम्म नै सङ्घर्षले छाड्दैन। त्यसका रुपमात्र फरकफरक हुन्छन्। हामीलाई लाग्छ, यस्तो मलाई मात्र भएको छ। यो दुनियाँले मलाई चिनेन, मेरा मर्का बुझेन भन्ने मानिस हाम्रा वरिपरि प्रशस्तै हुन्छन्। भर्खरै एउटा सङ्घर्षलाई जितेँ, फेरि अर्को! मान्नुस्, मानिसको जिन्दगी नै एउटा निरन्तर सङ्घर्ष हो।
एउटा कुरा निश्चित के छ भने, मानिसलाई प्रशस्त पैसाले सुख दिँदैन। कसैसँग खुबै पैसा छ भने, ऊ कम खुसी छ भन्ने बुझे हुन्छ। धेरै पैसासँगै अधिक जिम्मेवारी पनि साथमै जोडिएर आउँछ। त्यो धेरै पैसाले गर्ने के हो? कि मर्दा त्यसैले पुरिने हो?
अधिकांश पैसावाला मानिस आफूसँग भएको रकम लुकाउन चाहन्छन्। लुकाउने उपाय खोज्दाखोज्दै ती दुःखी हुन पुग्छन्। तीमध्ये कतिपयले सरकारलाई तिनुपर्ने कर पनि तिरिरहेका हुँदैनन्, छल्ने प्रयासमा हुन्छन्।
मसँग यति पैसा छ, अब यति वर्ष वा यति अवधिमा यसलाई डबल पार्छु। यी सारा क्रियाकलापले हाम्रो सुख खोसिरहेका हुन्छन्। यसको अर्थ पैसा अनावश्यक वस्तुचाहिँ होइन। यसको सीमा भने आफैंले निर्धारण गर्नु पर्छ।
यसबाट के स्पष्ट हुन्छ भने गरीबको करिब भगवान् हुन्छन्। जसको करिब भगवान् हुन्छन्, ऊ सुखी त हुनै नै भयो! गरीबहरु प्रायः एक्लै हुन्छन्, तर उनीहरुको नजिक भगवान् हुन्छन्। धनीहरु प्रायः एक्लै हुँदैनन्, उनीहरुका अङ्गरक्षक त सुत्ने कोठाको बाहिरपट्टि चौबीसै घण्टा उभिइरहेका हुन्छन्। कहीँ पार्कमा आराम गर्न जाँदा पनि वरिपरि मानिस झुम्मिएका हुन्छन्।
कतिपय धनी मानिसले दानधर्म खुबै गरिरहेको देखिन्छ। उनीहरू गरीबलाई सहयोग गरेर वा सामाजिक काम गरेर सुखी हुने प्रयास गर्छन्। गरीबले आफ्ना लागि भगवान्सँग प्रार्थना गरिदेओस् र आफ्नो अप्ठेरो भगाइदेओस् भन्ने चाहना पनि तिनको हुन्छ।
यसबाट के स्पष्ट हुन्छ भने गरीबको करिब भगवान् हुन्छन्। जसको करिब भगवान् हुन्छन्, ऊ सुखी त हुनै नै भयो! गरीबहरु प्रायः एक्लै हुन्छन्, तर उनीहरुको नजिक भगवान् हुन्छन्।
धनीहरु प्रायः एक्लै हुँदैनन्, उनीहरुका अङ्गरक्षक त सुत्ने कोठाको बाहिरपट्टि चौबीसै घण्टा उभिइरहेका हुन्छन्। कहीँ पार्कमा आराम गर्न जाँदा पनि वरिपरि मानिस झुम्मिएका हुन्छन्। जब मानिस कहिल्यै एक्लै हुन पाउँदैन, तब ऊ कसरी सुखी हुन सक्ला? एक्लोपन खराब हुँदैन, त्यसबखत मानिस भगवान् सम्झन्छ र सुखी हुन्छ।
हामी देखिरहेका छौं, यो समय षड्यन्त्र, विखण्डन, मारकाट, उच्च विभेदजस्ता कुराले प्रश्रय पाइरहेका छन्। सत्य र न्यायको साथ दिने मानिस प्रायः एक्लो हुन पुगेको छ। तिनले कष्ट झेल्नु परिरहेको छ। तर, यदि हामीले सत्य र न्यायको साथ दिएनौं भने अन्याय र असत्य हाम्रो पछाडि लाग्न थाल्छ।
हाम्रो जीवनमा असत्य र अन्यायले कतै न कतैबाट प्रवेश गरिहाल्छ। त्यसकारण पनि मानिसले सत्य र न्यायलाई साथ दिनु पर्छ। यसले हामीलाई अतुलनीय सुख दिन्छ।
कुनै घटना वा परिस्थितिवस कसैको मन दुःखाएको छ भने त्यसले असल मानिसलाई ठूलो तनाव दिन्छ। अञ्जानमा अरुको मन दुःखाएको छ भने त पीडा हुन्छ, जानेरबुझेर नै अरुलाई पीडा दिएको रहेछ भने हाम्रो जिन्दगी निकै दुःखद बन्न पुग्छ।
वास्तवमा अरुको मन दुःखाएर मानिस कहिल्यै आफू सुखी हुन सक्दैन। सत्य र न्यायको पक्षमा उभिने मानिसले कहिल्यै जानेर अरुको मन दुःखाउँदैन।
(विभिन्न व्यक्तिको भनाइ र एजेन्सीको सहयोगमा)